​मेघा सिटी बनाउन एडिबीसँग छलफल

दृष्टि न्यूज

काठमाडौं, २२ फागुन । सहरी विकास मन्त्रालयले एसियाली विकास बैंकको आर्थिक सहयोगमा सिद्धार्थनगर–तिलोत्तमा–बुटवल र लुम्विनी करिडोरलाई मेगा सिटीको रुपमा विकास गर्ने गरी काम अगाडि बढाएको छ । 
रुपन्देहीमा निर्माण हुने मेगा सिटीको सम्भाव्यता अध्ययनका बारेमा एसियाली विकास बैंकको प्रतिनिधि टोलीले सोमबार तिलोत्तमा नगरपालिकासँग छलफल गरेको हो । सो टोलीले अन्य स्थानीय तहहरुसँग छुट्टाछुट्टै तथा सामूहिक छलफल गरिसकेको छ । मेगा सिटीका सन्दर्भमा यस क्षेत्रमा ठूला के–कस्ता विकास परियोजनाहरु निर्माण गर्न उपयुक्त र आवश्यक छ भन्ने बारेमा एसियाली विकास बैंकको टोलीले हामीहरुसँग सुझाव मागेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरले बताए । हामीले नगरको अहिलेको अवस्था, विकासका योजनाका सन्दर्भमा कुरा राखेको जनाएका छन् ।
लुम्विनी–सिद्धार्थनगर–तिलोत्तमा र बुटवलसहित काठमाडौं, धरान–विराटनगर, जनकपुर–ढल्केवर–बर्दिवास, पोखरा (लेखनाथ)–दुलेगौडा, नेपालगन्ज–कोहलपुर, वीरेन्द्रनगर (सुर्खेत)–दशरक्षा पुल–छिञ्चु र महेन्द्रनगर–धनगढी–अत्तरिया कोरिडोरमा मेगा सिटी निर्माण गर्ने सरकारको योजना छ । कम्तिमा १ वर्षमा आधारभूत भौतिक पूर्वाधारको विकास गर्ने लक्ष्य राखेर मेगा सिटी निर्माण गर्ने लक्ष्य सहरी विकास मन्त्रालयले राखेको छ ।

Related News