यु–ट्युब ट्रेण्डिङमा दर्पण–मेलिना ( ट्रेण्डिङ भिडियोसहित)

दृष्टि न्यूज

काठमाडौं । गीतकार दर्पण राईको चर्चित गीत ‘तिम्ले बाटो फे-यौ अरे–२’लाई यु–ट्युबका दर्शकले अत्याधिक मन पराएका छन् । यो गीतको भिडियो यु–ट्युबमा अपलोड गरिएको २४ घण्टामै साढे तीन लाख बढीले हेरिसकेका छन् । यो समाचार बनाइरहँदा यो भिडियो यु–ट्युबमा १६ नम्बर ट्रेण्डिङमा छ । 

यो गीत गीतकार दर्पणको अघिल्लो चर्चित गीत ‘तिम्ले बाटो फे¥यौ अरे’को सिक्वेल हो । जुन गीतलाई भिडियो नै विना अडियोमात्र करिब तीन करोडले यु–ट्युबमा सुनेका थिए । उक्त गीतको चर्चासँगै विभिन्न भर्सनमा गाइएको ‘तिम्ले बाटो फे¥यौ अरे’को यो पछिल्लो गीतलाई अहिले चर्चित गायिका मेलिना राईले गाएकी हुन् । आफ्नो गीत ट्रेण्डिङमा परेपछि गीत दर्पण र गायिका मेलिना दंग परेका छन् । यस गीतको संगीत प्रथम नेपाल आइडल समेत रहेका गायक विक्रम राईले संगीत गरेका हुन् । फरकशैलीमा निर्माण गरिएको यस गीतको भिडियोमा गीतकार दर्पण र गायिका मेलिना नै मोडलका रुपमा फिर्चड छन् । 
यस गीतको भिडियोलाई शान थापाको निर्देशन गरेका हुन् । भिडियोले अनिल के. मानन्धरले खिचेको यस भिडियोका लागि राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । 
 

Related News