​संगीत भनेको खुला आकाश हो–मेलिना राई, गायिका

दृष्टि न्यूज

पछिल्लो समयकी चर्चित गायिका हुन् मेलिना राई । मेलिनाले गाएका ‘कुटुमा कुट’जस्ता दर्जनौ गीतहरु ब्लकबस्टर छन् । पाश्र्यगायन चम्किरहेकी यी गायिकाद्वारा स्वरबद्ध गीतहरु दर्शक तथा श्रोता रुचाइरहेका छन् । बाल्यकालदेखि नै गायन अँगालेकी मेलिनाले हालसम्म नौ सयभन्दा बढी गीत गाइसकेकी छन । यिनै गायिका मेलिनासगँ रेजिना पाण्डेको जम्काभेट :
हिजोआज साह्रै व्यस्त हुनुहुन्छ है ? 
व्यस्त नै भन्नुप¥यो । रेकर्डिङ र देश–विदेशको कार्यक्रमले गर्दा व्यस्त छु ।
सांगीतिक यात्राचाहिँ कसरी सुरु गर्नुभयो ? 
म सानैदेखि गाउँथँे । दश बर्षको उमेरमै बाबुले गाएको सुन्थेँ र गाउँथे । त्यसपछि म पनि संगीतमै निरन्तर लागेकी हुँ ।  
यहाँसम्म आइपुग्दा कतिको सर्घष गर्नुभयो ? 
संघर्षभन्दा पनि यहाँसम्म पुग्ने एउटा लक्ष्य थियो । संगीतमै लागेर नाम कमाउने लक्ष्य लिएर अघि बढेको थिएँ । आजसम्म यसैमा सक्रिय छु । 
नामसँगै दाम पनि त राम्रै कमाउनु भएको होला ?
दाम त कमाउनु परिहाल्यो नी । मेरो गरी खाने ठाउँ नै यहि हो । रामै्र कमाएको छु । धैरै कमाउन नसके पनि चित्तबुझ्दो छ । 
एउटा गीत गाउदा कति पारिश्रमिक लिनुहुन्छ ? 
टिम हेरेर लिन्छु । यति पैसा लिन्छु भनेर तोकेरै नभनौं । चित्त बुझदो छ ।
तपाईको सांगीगितक गुरु को हुन् ?   
मेरो बुबा जेबिश राई । उहाँ राम्रो संगीतकार हुनुहुन्छ । उहाँको संगीतको उच्चशिक्षाले नै म आज यो स्थानमा छु । 
गीत चयन गर्दा विशेषगरी तपाइँ के हेर्नु हुन्छ ? 
शब्द र संगीतकार दुवै नै हेरिन्छ । शब्द मात्र राम्रो भएर पनि हुन्न । संगीत पनि राम्रो हुनुपर्छ ।
नेपाली सांगीतिक क्षेत्रमा आउने र र बिचैमा हराउनेहरुलाई के भन्नु हुन्छ ? 
नआतिनुस् यसै क्षेत्रमा लाग्नु छ भने मिहिनत गर्नुहोस् । फल अवश्य पाइन्छ । 
तपाईलाई आफ्नै  सफलतादेखि डर लाग्छ ?
लाग्दैन । संगीत भनेको खुल्ला आकाश हो । यसमा धेरै ताराहरु हुन्छन् । कोही चम्किँन्छन् । कोही हराउँछन् । डर मान्ने कुरै छैन ।
यति राम्री हुनुहुन्छ । नायिकातिर अफर आए होला नि ?
आएका छन् । तर, म नायिकातिर भन्दा पनि संगीतकै सुन्दरतामा रमाउँन चाहान्छु । 
कस्तो चलचित्रतिर बढी अफर आएका छन् ? 
बढी किराती चलचित्रबाट अनि अन्य चलचित्रबाट पनि नआएको होइन । 
घरजम गर्ने बेला भयो कि ?
छैन । भर्खर २५ बर्षकी भएँ । अहिले त्यसबारे मैले केही सोचेकी पनि छैन । 
मन पराउनेहरु कति होलान् नि ? 
मनपराउँनेहरु त हजारौं छन् । तर, म चाहिँ अहिले रिलेशनशीपमा रहन चाहन्नँ । आफनै करियरलाई निरुन्तरता दिन चाहान्छु । 

Related News