​बच्चाको मायाले फिल्म छाडें- मेलिना मानन्धर, नायिका

नृत्यमा सोख राख्दाराख्दै रजतपटमा पाइला टेकेकी मेलिना मानन्धर पछि चर्चित नायिका बनिन् । दुई दर्जनभन्दा बढी चलचित्रहरु तथा विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी उनी विवाहपछि भने चर्चामा छैनन् । आठ वर्षको लामो ‘ग्याप’पछि चलचित्र ‘रोमियो’ मार्फत् रजतपटमा फर्किएकी उनै मानन्धरसँग रेजिना पाण्डेले गरेको कुराकानी ः 

विवाहपछि सिने क्षेत्रमबाट लामो समय हराउनुभयो नि ?
हो, तर चलचित्र छोडेको चाहि‘ भन्न मिल्दैन । घरायसी कामकाजमा नै व्यस्त भएर हो । 

घरबाट फिल्म खेल्न रोकावट भएर हो कि ? 
त्यस्तो होइन । मेरो परिवारले मलाई धैरै नै सपोर्ट गर्नुहुन्छ । काम गर, पछि नपर भन्नुहुन्छ । मेरो कामकाजमा परिवारहरुबाट कुनै अवरोध छैन, सहयोग नै छ । 

त्यसो भए अफर नआएर फिल्म नखेल्नुभएको हो ? 
म मेरो बच्चा र परिवारमा नै रमाउन थालेको छु । यो बेला काम न्दा पनि छोरीलाई मेरो आवश्यकता परेर मैले फिल्म नखेलेको हुँ । कामको अफरहरु आएकै छन् । अहिलेसम्म सानो नानीको स्याहारसुसारमा नै व्यस्त भएको कारणले सिनेमामा समय दिन नपाएको हो । अब हेरांै के हुन्छ । 

 परिवार र फिल्म मिलाउन सकि‘दैन ? 
सुटिङ गर्दा बाहिर–बाहिर नै बस्नु पर्ने हुन्छ । अहिलेको अवस्था छोरीका लागि पनि म एक रात पनि बाहिर बस्न सक्दिन‘ । उसलाई अहिले मेरो धैरै नै जरुरी छ । म आमा हुँ, त्यसैले मेरो सन्तानलाई नै पहिलो प्राथमिकतामा राखेको छु । 

तर, फिल्म क्षेत्रमा धैरै आमाहरु छन् काम त गरेका नै छन् होइन र ? 
सबैको आप्mनो सोच हुन्छ । मलाई चाहि‘ यतिखेर नाम र कामभन्दा पनि मेरो छोरी नै पहिलो प्राथमिकतामा राखेकी छु । 

धैरै समयपछि रोमियो भन्ने चलचित्रमा काम गर्नुभयो होइन ? 
लगभग सात वर्षपछि मैले चलचित्रमा काम गरेको हुँ । चलचित्रमा सुटिङको लागि काठमाडौ बाहिर जान नपर्ने भएको कारणले पनि रोमियोमा काम गर्न तयार भएको हुँ । 

सात वर्षपछि फर्कदा फिल्म क्षेत्रमा के फरक पाउनु भयो ?
फरक केही पनि छैन, तर काम गर्ने तरिका चाहि‘ राम्रो लाग्यो । अहिले नयाँ शैलीमा काम हुन थालेको छ । बनावटीभन्दा पनि रियालिटीमा अहिले जोड दिइन्छ । 

तपाईंको कामप्रति तपाईंको श्रीमान मुकेश ढकालजी ले के भन्नुहुन्छ ? 
काम गर त्यतिकै नबस भनी राख्नुहुन्छ । चलचित्र क्षेत्रमा पनि धैरै काम छ सिक गर भन्नुहुन्छ ।

तपाईंको श्रीमान अमेरिकामा हुनुहुन्छ, तपाईं यता श्रीमान बेगर एक्लै बस्दा कस्तो अनुभव हुन्छ ?
नराम्रो त लाग्छ । तर, कामको सिलसिलामा जानु भएको हो । यो मेरो मात्र समस्या होइन देशकै समस्या बनेको छ । 

पुराना राम्रा कलाकारहरु काम नपाएका हुन कि भन्ने चर्चाहरु भइरहेका छन् नि ? 
सधै‘ हामी एउटैले मात्र काम गरेर मात्र ह‘ुदैन । हिजो हामीलाई दर्शकले मनपराउनु हुन्थ्यो । आज अरुलाई नै । कतिले यसै क्षेत्रमा आवद्ध भएर काम पनि गरिरहनु भएको छ । काम कुनै न कुनै रुपबाट भएका पनि छन् । 

सिनेमा खेल्ने तपाईंको रहर थियो वा पेशा ?
दुबै थिएन । पहिलो पटक निर्देशक दीपक रायमाझीले मलाई प्रियसीमा जुन मौका दिनुभयो त्यति बेला गरौन भन्ने सोच मात्र थियो । पछि मेरो कामलाई मन पराउनु भयो, एकपछि अर्काे गर्दै रहर र पेशा बन्दै गयो बिस्तारै । 

पहिलो चलचित्रको पारीश्रमिक कति थियो र अहिले कति छ ?
दशैंको बेला थियो पारीश्रमिक भनेर चार हजार मात्र दिइएको थियो । पहिलो चलचित्र प्रियसीमा भने राम्रो कमाई भएको थियो ।

अन्तरजातीय बिवाह गर्नुभयो, कत्तिको गाह्रो भयो ? 
बिभिन्न समस्याहरु समाजमा बसेपछि आइनैहाल्छ । म नेवार श्रीमान टिपिकल बाहुन । अलग भाषा, अलग रितिरिवाज गाह्रो त भइहाल्छ । तर, मैले त्यो समस्या झेल्नु परेन । मेरो घरको सम्पूर्ण सदस्यले मलाई निकै सपोर्ट गरेको कारणले पनि मलाई सजिलो भयो । घरको सबै सदस्य म प्रति सकारात्मक सोच राखिदिनु भएको कारणले पनि म निकै भाग्यमानी सम्झन्छु ।

Related News