​मेनिला राईको गीत सार्वजनिक

दृष्टि न्यूज

काठमाडौं, २६ वैशाख । चर्चित गायिका मेलिना राईको स्वरमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  प्रतिरुप एल्बममा संमावेश ‘तिमी मेरो, म तिम्रो’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो । 
कविका रुपमा परिचित दीपा राई पुनको प्रतिरुप (रिफेल्क्सन अफ लाइफ)मा एल्बममा समावेश गीत पुनको युटुयुब च्यानल मार्फत सार्वजनिक भएको हो ।  
गीतमा चर्चित गायिका मेलिना राईलाई सिडि बिजय अधिकारीले साथ दिएका छन् । भने संगित डिआर अटुले भरेका छन् ।  
यसैगरी गीतकार पुनका अनुसार जीवनको भोगाइहरु अभिव्यक्तिको रुमा लेखिएको गीतको म्युजिक भिडियोमा कञ्चन थुलुङ राई र रोजिना राईले गरेका छन् । भने खगेन्द्र पान्दक लिम्बुको निर्देशन र सन्जय निङलेखुको सहनिर्देशन रहेको छ ।    ।
यस्तै भिडियोलाई विवि लिम्बु, खग्रेन्द्र्र पान्दुक लिम्बु, पर्शु लिम्बु, सन्जय लिम्बुले छायाँकन गरेका छन भने । कोरियोग्राफी अबिन वानेम लिम्बुले गरेका छन् ।
हाल अमेरिका बस्दै आएकी पुनको फागुनमा ‘प्रतिरुप’ एल्मबसँगै 
‘बिहान बिहानै’ बोलको सार्वजनिक गरेकी थिइन । यस्तै उनको ‘उ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म तीनवटा कविता सङ्ग्रह प्रकाशित छन् भने फुटकर रूपमा सैयौं कविताहरू प्रकाशित भइसकेका छन् । 
उनी नेपाल छदाँ पुष्प व्यवसायीकी रुपमा परिचित थिइन् । उनले २००९, २०१० र २०११ मा उत्कृष्ट पुष्प व्यवसायीको पुरस्कार समेत पाएकी थिइन् ।

Related News