​मेयर दाहालको अगुवाईमा महानगरको सरसफाइ

दृष्टि न्यूज

चितवन । नारायणगढको मुख्य बजार क्षेत्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अगुवाइमा सोमबार भरतपुर नगरपालिका गेटदेखि शहिदचोकसम्म सरसफाइ गरिएको छ । महानगरलाई सफा र सुन्दर नगरीका रुपमा विकास गर्न तेस्रो हप्ताको सप्तहाव्यापी सरसफाइ अभियान चलाइएको हो ।
सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पनि सहभागिता रहेको थियो । त्यस्तै सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायी एवं सरसफाईको क्षेत्रमा काम गरिरहेका अभियान्ताहरुको उपस्थिति रहेको थियो ।
सरसफाइका क्रममा राजमार्गमा रात्रीकालिन समयमा फालिएका फोहरहरु गुट्खा, चाउचाउ, विस्कुट तथा किरान पसलजन्य फोहरहरु पाइएको थियो । महानगरपालिकाले विभिन्न सरसफाईका क्षेत्रमा काम गरिरहेका संस्था, नागरिक अगुवाहरुको सहयोगमा यो अभियानलाई साप्ताहिक रुपमा हरेक सोमबार गर्दै जाने बताएको छ । फोहरलाई संकलन गर्दै फोहर गर्न हँुदैन भन्ने जनचेतना अभिवृद्धि गर्न महानगरले सक्रियता बढाउदै गएको छ । सरसफाइका क्रममा व्यवसायीहरुले दैनिक घरयासी फोहरहरु पनि सडकमै फाल्ने गरिएको पाइएको थियो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले बजार क्षेत्रमा गरिएको सरसफाईसँगै व्यवसायीहरुलाई अभियानको बारेमा जानकारी दिएको सफल खबरलाई जानकारी दिइन्  । फोहर गर्ने व्यवसायीलाई खबरदारी गरेका छाँै, मेयर दाहालले भनिन्, ‘जनसमुदाय तथा व्यवायीलाई आफ्नो फोहर नगर्न अपिल गरेका छौँ । आग्रह नमान्ने, अटेर गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने छ ।’
मेयर दाहालले भरतपुर महानगरले मात्र सरसफाईको काम गर्न नसक्ने भन्दै फोहर गर्न भन्दा पनि फोहर नै गर्न हुन्न भन्ने सचेताको विकास हुनुपर्ने बताइन् । महानगरपालिकाले सुन्दर, स्वच्छ र शान्त महानगर बनाउने सोचका साथ अघि बढिरहेको भन्दै उनले अटेर गर्दै फोहर गरिएको पाइएमा भरतपुर महानगरको कार्यपालिका बैठक बसेर नयाँ कानुन निर्माण गर्ने जानकारी दिइन् ।

Related News