रिबन काट्न र भाषण गर्नमै बित्छ मन्त्रीहरुको दिन

दृष्टि न्यूज

काठमाडौं , ४ भदौ ।

नेपाली जनताले लामो समयदेखि एउटै पार्टीको बहुमतको सरकारको चाहना राख्दै आएका थिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि त्यो चाहना पूरा पनि भयो । त्यति मात्र होइन, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि सरकारमा गएपछि मुलुकले दुईतिहाई बहुमत नै प्राप्त सरकार पायो ।

तर जुन जोगी आए पनि कानै चिरेका भनेको जस्तो संघीय संरचनाका मन्त्रीहरूका अहिलेसम्मको दिन विगतका सरकारको पालामा जस्तै औपचारितामा बित्यो, बितिरहेछ । उनीहरूको दिनचर्या उद्घाटन, पार्टीका कार्यक्रमको भाषण, सभा–समारोहमा अतिथि आसन ग्रहण, शिलान्यास, पुस्तक बिमोचनमै बित्यो । नीति निर्माण तहमा पर्याप्त ध्यान नदिँदा छ महिना बितिसक्दासम्म परिणाम भने हात लाग्यो शून्य छ । सरकारको कार्यशैली परम्परागत नै छ, कुनै प्रभावकारिता देखिएको छैन । पुनर्निर्माण, नागरिकहरुको ढाड सेक्ने गरी अनावश्यक रुपमा उठाइएको करका कारण सरकारप्रति वितृष्णा बढ्न थालेको छ ।

आफ्ना काममा राम्रो परिणाम निकाली सरकारलाई सफल बनाउन जुटनुपर्ने मन्त्रीहरु निजी स्वार्थमा केन्द्रीत बनेको आरोप सत्ता पक्षकै सांसदहरुले लगाउने गरेका छन् । कतिपय मन्त्री गुमनाम छन्, न तिनको काम छ न नाम छ । उनीहरू काममा भन्दा सस्तो लोकप्रियतामा रमाउन थालेका छन् । संविधानअनुसार कानुन बनाउन जुट्नुभन्दा हल्काफुल्का कार्यक्रममा समय बिताउने गरेका छन् । उनीहरु दैनिक पाँच वटासम्म कार्यक्रममा सहभागी हुने गरेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ । 

Related News