​सामान्यले गरेको विवादास्पद सरुवा आयोगद्वारा फुकुवा

काठमाडौं, २९ भदौ । निर्वाचन आयोगले सामान्य प्रशासन मन्त्रालयले गएको भदौ १४ गते गरेको कर्मचारी सरुवा फुकुवा गरिदिएको छ । आचारसंहिता लागेपछि कर्मचारी सरुवा गरेको भन्दै आयोगले रोकेको थियो । आयोगले निर्वाचन आचारसंहिता विपरीत गरेको सरुवा रोक्न निर्देशन दिएपछि मन्त्रालयले स्थगित गरेको थियो । तर बिहीबार सामान्यले सरुवा फुकुवा गरिदिएको छ । निर्वाचन आयुक्त सुधीर शाहले माओवादीका मन्त्रालय हेर्दैआएकाले उनकै जोडबलमा सरुवा फुकुवा गरिएको छ । 
सामान्य प्रशासन मन्त्रालयमा बैदेशिक रोजगार विभाग, मालपोत, यातायात कार्यालयमा ठूलै आर्थिक चलखेल भएको कुरा सार्वजनिक भएको थियो । निर्वाचन आचारसंहिता लागू भएपछि भदौ १४ मा मन्त्रीनिवास पुल्चोकमै बसेर मध्यरातमा गरिएको सरुवामा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत र सचिव मोहनकृष्ण सापकोटाले जनसम्पर्क हुने (घुसखोर) कार्यालय २ बर्षभन्दा बढी १० बर्षसम्म कार्यरुत कर्मचारीस“ग आर्थिक लेनदेन गरी स्थानीय तहमा सरुवा नगरेको समाचार छ । मन्त्री बस्नेतले आर्थिक संकलन गर्नका लागि कर्मचारी प्रशासनमा ल्याएका शाखा अधिकृत लीला काफ्लेले भदौ सुरुदेखि नै सरुवाको सूची तयार गर्ने टिप्पणी उठाउने गरी खुला मोलतोल सुरु गरेका थिए । जो जो बुझाउन गए, उनीहरुको सरुवा भएन, जो बुझाउन गएनन् उनीहरुको भयो ।
आकर्षक कार्यालयमा कार्यरत कर्मचारीहरु पैसा दिएरै रोकिएका छन् । बैदेशिक रोजगार विभाग, यातायात, मालपोत र विभिन्न मन्त्रालय र विभागमा स्टोरमा कार्यरत २ बर्ष भन्दा बढी समय पुगेका करोडपति कर्मचारीहरु सरुवामा परेका छैनन् । तर २ बर्ष नपुगेका र आर्थिक चलखेल गर्न नसक्नेहरु सरुवामा परेका छन् । सचिव सापकोटाका पैसा उठाउने दलाल प्रमोद खड्काले मालपोतका कर्मचारीको सरुवा रोक्ने काम गरेका थिए । उनले नै पैसा असुली गरी सचिवलाई दिएर मालपोतमा १० बर्षदेखि कार्यरतलाई समेत सरुवा हुन नदिएकै कारण सरुवा विवादमा परेको छ । 
ऐन, नियम र मापदण्ड मिचेर गरिएको सरुवा निर्वाचन आयोगको निर्देशनमा स्थगित गरिएको छ । तर मन्त्रीका तर्फबाट अधिकृत काफ्ले र सचिवका दलाल प्रमोद खड्काले करोडौं रुपैया“ उठाएकाले निर्वाचन आयोगबाट सरुवा कार्यान्वयन गराउन तीव्र लबिङ भइरहेको छ । निर्वाचन आयोगकै केही पदाधिकारीलाई समेत प्रभावमा पारी स्थगित सरुवा फुकुवा गराउने तयारी भइरहेको छ । निर्वाचन आयोगमा पनि यो समूहले चलखेल गरी सरुवा फुुकुवा गराएको छ ।

Related News