विवाहपछि लभ पर्यो–मिथिला शर्मा, अभिनेत्री

दृष्टि न्यूज

नेपाली रंगिन दुनियाँकी एक नक्षत्र हुन् मिथिला शर्मा । अभिनेत्री मिथिला शर्मा कलाक्षेत्रमा आफ्नो जीवन्त अभिनय र नृत्यको कारण उनको नाम र चर्चा निकै हुने गर्छ ।  कलाकारितामा जीवन्त उतार्न प्रयास गर्ने यी कलाकार बिवादको कामले चर्चामा आउनु र चियो चार्चामा फस्नुभन्दा  राम्रो काम गरेर आम स्रोताबाट प्रशंसा खोज्ने कलाकारको रुपमा गनिन्छिन् । चार दशर्क लामो समयदेखि  कला क्षेत्रमा आफ्नो बर्चश्व कायम राखेकी मिथिला शर्माले लगभग सात दर्जनभन्दा  भन्दा बढी चलचित्रहरुमा काम गरिसकेकी  छिन् । उनै मिथिला शर्मासँँग रेजिना पाण्डेको जम्काभेट : 
नृत्य गर्न सजिलो कि अभिनय गर्न ? 
सिम्पल भाषामा भन्नुपर्दा यी दुबै गाह्रो चिज हो । गर्नलाई भावना र शव्दहरु बुझेर गर्नु पर्छ, धैरै मेहेनत चाहिन्छ । 
यी दुईमा काम गर्न सन्तुष्टि चाहिँ केमा लाग्छ ?
मेरो लागि यी दुई चिज नै सन्तुष्टिको काम हो । यही भएर नै  म चार दशक लामो समयदेखि नै यसमा निरन्तर छु ।  खुशी पनि छु ।
यी दुईमध्ये एकलाई छान्न सक्नुहुन्छ ?
सक्दिनँ । दुबै मेरो जीवनसगँ जोडिएको गहिरो नाता छ  । यी दुईलाई  छोड्नु भनेको मेरो जीवनको लठ्ठी भाँच्चिनु हो । मेरो साहारा मेरो मन कलाकारिता छ यसैमा लागियो ।
तपार्इंको बिचारमा नृत्य र अभिनयमा भिन्नता के छ ? 
दुबै एकअर्काका पूरक हुन् । शव्द र अनुभूतिसँँग डुबेर गर्नु पर्छ । शव्द एउटा, काम अर्को भयो भने खल्लो लाग्छ । 
अब कति नाचिन्छ जस्तो लाग्छ ? 
धैरे नाँचे जीवनमा अझै श्वास र आँट रहुन्जेलसम्म नाँच्छु ।
अभिनय नि 
काम पाउन्जेलसम्म । 
धैरै लामो समयदेखि नाचिराख्नु भएको छ अभिनयमा पनि निरन्तर छ, कति सफल भएँजस्तो लाग्छ ? 
जीत र हार काम गरेपछि  पाइने हो । तर मैले कहिल्यै असफल भए पनि त्यसलाई हार मानिनँ । त्यो हारलाई जहिले पनि जीत मानेर अझ राम्रो काम गर्छु भन्दै अग्रसरता देखाएँ । त्यसैको प्रतिफल आज यहाँसम्म पुगेकी छु । राम्रो कलाकार बन्ने जोशमा लागिरहेको छु, दशर्क स्रोताले माया गर्नुभएको छ । 
असफल भएका दिनहरु पनि सम्झना छन् ?
धैरै छन् । अहिले सम्झदा खुशी लाग्छ । त्यो असफलताले नै सफलतामा पु¥याए जस्तो लाग्छ । 
धैरै लामो समय यस क्षेत्रमा बिताइसक्नु भएको आफ्नो कमाई नि ?
सन्तुष्टि छु । यसैबाट जीवनयापन भइरहेको छ आजसम्म पनि । कलाले बचाएको छ । 
यतिखेर चलचित्रहरुमा कतिको व्यस्त हुनुहुन्छ ?  
छु, भगवानको कृपाले काममा व्यस्त नै छु । कुनै चलचित्र रिलिज हुने क्रममा छन् भने कुनैको काम भइरहेको छ, मेरो चलचित्र मगंलम यतिखेर  हलमा प्रदशन भइरहेको छ । 
वैवाहिक जीवन कस्तो चल्दै छ नि ?
राम्रो छ, चल्दै छ ।
वैवाहिक जीवनले काममा रोकावट त आएको छैन ? 
छैन । काममा झन् तीव्रता दिइरहेको छु । श्रीमानबाट सहयोग छ, श्रीमतीलाई  काममा श्रीमानले सहयोग र साथ त दिनै पर्छ नि होइन र ? श्रीमान श्रीमती त एकअर्काका सहयात्री हुन् जो एक अर्का हितैसी र विश्वासिलो मित्र भएको नाताले पनि साथ र सहयोग हुनै प¥यो नि ।
तर यो क्षेत्रमा वैवाहिक जीवन सफल भएका महिला पुरुष कम छन् नि ? 
अरुको घरको कुरा म कसरी भनुँ । मननै नमिलेपछि सँगै बस्नुको पनि त औचित्य छैन । माया, प्रेम, विश्वास नै छैन भने सँगै बसेर पनि काम छैन । 
तर अहिले फिल्मी क्षेत्रमा यो टे«न नै बसेको छ नि चाँडै नै सम्बन्ध बिच्छेद हुने किन ?
फिल्मी क्षेत्रमा मात्र होइन सबै ठाउँमा यस्तै छ । तर फिल्मी क्षेत्रमा चाहिँ चाँडो देखिने र हल्ला हुने भएकोले चाँडोभन्दा चाँडो सामाजिक सञ्जालमार्फत् आउने भएकोले यस्तो भएको हो । तर म भन्छु, नारी पुरुष दुबैले आफ्नो स्वतन्त्रता पाउनु पर्छ । 
तपाईको लब म्यारिज कि मागी बिवाह के भन्न रुचाउनु हुन्छ ?
उहाँलाई मैले चिनिराखेको र देखिरहेको नै थिएँ । तर पनि आफन्तजनहरुले प्रस्ताव राखेपछि  साथीभाइहरु र आफन्तहरुको सरसल्लाहमै मेरो मागी बिवाह भएको  हो । विवाहपछि चाहिँ लभ प¥यो ।
उहाँको के कुराले तपार्इंलाई आकर्षण ग¥यो ?
उहाँ सिम्पल र आकर्षक पुरुष हुनुहुन्छ ।  उहाँको विचार सोच उहाँको सुन्दता बोलीचाली र मिठासपनले आकर्षण ग¥यो । उहाँ सकारात्मक सोचको मान्छे हुनुहुन्छ, कुराहरु बुझिदिनुहुन्छ । घर परिवार मिलाउनेदेखि लिएर परिवारसँग नै बस्न मन पराउनु हुन्छ । यसले गर्दा पनि उहाँसँग सम्बन्ध बढाउन गाह्रो भएन । 
वैवाहिक जीवनअघि र पछिमा केही भिन्नता पाउनु भएको छ ?
 त्यो त भइहाल्छ नि । उत्तरदायित्व थपिएको छ । घर परिवारको जिम्मेवारी भइहाल्छ ।  तर हामी परिपक्व भएको हिसाबले पनि त्यति भिन्नता भेटेनौं । म र उहाँ दुवै परिपक्व भएको हिसावले सहजै छ । 
यो उमेरमा आएर विवाह गर्नु हुन्छ भन्ने सोच्नुभएको थियो ?
विवाह गर्न साइत आउनु पर्दछ । कुन बेला कसरी आउँछ थाहा नै हँुदैन । जुन बेला आयो त्यही बेला नै गर्ने हो, साइत आयो गरियो । 

Related News