रोनाल्डो र सलाहलाई पछि पार्दै सर्वोत्कृष्ट खेलाडी बने लुका मोड्रिच

दृष्टि न्यूज

काठमाडौं , १५ भाद्र ।

क्रोएसियालाई विश्वकप फुटबलको फाइनलमा पुर्‍याउन महत्वपुर्ण योगदान दिएका मिडफिल्डर लुका मोड्रिच युरोपको वर्ष खेलाडी घोषित भएका छन्।

सन् २०१३ मा फ्रांक रिबेरीले जितेपछि यो अवार्ड लिओनल मेस्सी र रोनाल्डो मध्ये एकले जितेका थिए । तर, मोडरिकले रोनाल्डो र मेस्सीको दवदबा तोडेका छन् । रियलले लगातार तीन सिजन च्याम्पियन्स लिग जित्दा मोडरिक र रोनाल्डो दुबै टिममा थिए a। 

उनले विश्वकपमा गोल्डेन बल हात पारेका थिए। युएफएले अन्तिम तीनको नाम सार्वजानिक गरेबाटनै मोड्रिचको चर्चा चुलिएको थियो। उनले कुल ३ सय १३ मत प्राप्त गर्न सफल भए। रोनाल्डोभन्दा ९० मत बढी पाउँदै उपाधि जिते । रोनाल्डोले रियलका लागि गत सिजन ४४ खेलमा ४४ गोल गरेका थिए। लिभरपुलमा गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको गोल्डेन बुट जितेका सलाहले १ सय ३४ अंक हासिल गरे।

मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ। 

Related News