​‘मुडफ्रेस’ हुन फिल्ममा व्यस्त हुँदै सलमान

दृष्टि न्यूज

काठमाडौं, ३ बैशाख ।
४८ घण्टा जोधपुर जेलमा बिताएर बाहिरिएपछि बलिउड अभिनेता सलमान खानले ‘अनकन्फटेवल’ मान्दै आएका छन् अर्थात आफूलाई ‘मुडफ्रेस’ बनाउन चाहन्छन् सलमान । 
कालो हरिण शिकार प्रकरणमा जोधपुर अदालतले उनलाई दोषी ठह¥याई पाँच वर्ष जेल र १० हजार जरिवाना तोकेको थियो । २० वर्षअघिको मुद्दामा दोषी ठहरिएका उनी ५० हजार धरौटीमा ४८ घण्टा नवित्दै जेलबाट बाहिरिए ।   
त्यसपछि उनी ‘मुडफ्रेस’ हुने ध्याउन्नमा लागेका छन् ।  यसैबेला उनी सुटिङमा जुट्दैछन् । अब उनलाई फिल्म ‘रेस–३’ले मुडफ्रेस गर्नेछ जबकि, यो फिल्मको चाँडै सुटिङ सुरु हुँदैछ । सलमानले शुक्रबार एक ट्विट पनि गरेका छन् । जसमा उनले अन्तिममा लेखेका छन्, ‘अल ईज राईट ।’
हाल ‘रेस–३’को सुटिङका लागि अन्तिम तयारीमा जुटेका सलमान अलि अब्बास जफरको अर्को फिल्ममा पनि व्यस्त हुने भएका छन् । जुन फिल्मको भारतमै सुटिङ हुने बताइएको छ । 
फिल्मका निर्देशकले आइतबार बेलुकी सलमानको एक भिडियो  पनि शेयर गरेका छन् । जुन भिडियो अहिले सलमानको फ्यानहरुमा भाइरल भएको छ ।
सार्वजनिक भिडियो नयाँ भने होइन । फिल्म ‘सुल्तान’को सुटिङताका खिचिएको उक्त भिडियोमा सलमान बडी बिल्डरमा रुपमा देखिन्छन् । तर, सुरुमा उनी जर्बजस्त दुई साथीसँग फिटनेश गर्ने प्रयास गरिरहेको भिडियोमा देखिन्छ । 
उक्त भिडियो सलमानले नै उपलब्ध गराएको निर्देशकको दावी छ । उनले भने, ‘त्यो सुल्तानको ‘वर्कशप’को बेलाको भिडियो सलमानले मलाई राति २ बजे पठाएका थिए । तर, मैले भिडियो ६ बजेमात्र देखेँ र शेयर गरेको हुँ ।’
‘सुल्तान’ फिल्ममा सलमानको फिटनेशले खुबै चर्चा पाएको थियो । फिल्ममा उनी रेस्लरको भूमिकाका देखिएका थिए । त्यसका लागि सलमान निकै मिहिनेत गरेका थिए । 
सलमानले ‘सुल्तान’ बन्न आफ्नो १७ किलो तौल घटाएका थिए, त्यसपछि उनी नयाँ लुक्समा देखिए । सुल्तानपछि अब फेरि सलमान अलि अब्बास जफरका साथ काम गर्दैछन् । (एजेन्सीको सहयोगमा)

Related News