​मोरङको कार्टुन उद्योगको आगलागी नियन्त्रणमा आएन

दृष्टि न्यूज

मोरङ । 
पूर्वी नेपालको मोरङस्थित एक उद्योगमा लागेको आगो लामो समय बितिसक्दा समेत नियन्त्रणमा आउन सकेको छैन । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर–३, बाँसवारी नजिकै रहेको कार्टुन उत्पादन गर्ने उद्योगमा बुधवार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन नसकेको हो । 
आगो नियन्त्रणका लागि प्रहरी, सशस्त्र प्रहरी तथा दमकल प्रयोग भएको भएपनि नियन्त्रणमा आउन सकेको छैन । बुधवार राति मोरङको अरिहन्त अटो कोरोगेशनको गोदाममा लागेको आगो बिहिवार मध्यान्ह सम्ममा पनि नियन्त्रणमा लिन सकिएको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आगो नियन्त्रणका लागि हाल झापा, सुनसरी, मोरङ र राजविराजबाट १२ वटा वारुणयन्त्र जुट्दा पनि आगो नियन्त्रणमा नआएको हो । ठूलो क्षेत्रफलमा अवस्थित गोदामभित्र जलेका कार्टुन, गत्ता लगायतका सामाग्रीका कारण आगो नियन्त्रणमा आउन नसकेको हो ।
आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट करोडौंको क्षति भएको प्रहरीको अनुमान छ । आगलागीबाट मानवीय क्षति भएको छैन । 

Related News