उत्तर कोरियाले गर्‍यो थप दुई ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौं, २७ फागुन । 
उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले छोटो दूरीमा मार हान्न सक्ने दुई वटा मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
उत्तरले ती दुई मिसाइल समुद्रमा प्रहार गरेको हो । पूर्वी तटीय क्षेत्रबाट प्रक्षेपण गरिएका दुई मिसाइल पाँच सय किलोमिटर पर गएर समुद्रमा खसेको दक्षिण कोरियाले जनाएको छ । हिजो उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशका वैज्ञानिकले ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको दाबी गरेका थिए ।
गएको हप्ता संयुक्त राष्ट्रसंघले परमाणु कार्यक्रमलाई लिएर आफूमाथिको प्रतिबन्ध थप कडा बनाए पनि उत्तर कोरियाले मिसाइल परिक्षण र त्यससँग सम्बन्धित गतिविधि रोकेको छैन । थप बढाएको छ । गएको हप्ता उत्तरले ६ वटा रकेट समुद्रमा प्रहार गरेको थियो । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उत्तरले मिसाइ प्रक्षेपण तीव्र पारेको छ । उत्तर कोरियाले केही दिनअघि सैन्य अभ्यास तत्काल नरोके दक्षिण कोरिया र अमेरिकामा अन्धाधुन्ध परमाणु आक्रमण गर्ने चेतावनी पनि दिएको थियो ।
 

Related News