​मुग्लिनमा सयौं यात्रु अलपत्र

दृष्टि न्यूज

चितवन ।
पहिरोका कारण आज बिहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा हजारौं यात्रुहरु अलपत्र परेका छन् । 
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चारकिलो भन्ने ठाउँमा बिहान साढे एक बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । रुखसहित पहाडको ढिस्को खसेपछि सडक अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । उनका अनुसार पहिरो निकै ठूलो खसेकाले पन्छाउन दिनभर लाग्ने अनुमान गरिएको छ । सो ठाउँमा तीन लोडर र दुई एक्स्काभेटरले पहिरो पन्छाउने काम भइरहेको सडक कार्यालयले जनाएको छ । 

Related News