‘मनोकांक्षा २’ ल्याउँदै मुकेश

काठमाडौं, २१ भदौ । यूकेको अक्सफोर्डमा बसोबास गर्दै आएका इलाम पशुपतिनगरका कवि तथा गीतकार मुकेश राई दोस्रो गीति एल्बम बजारमा ल्याउने तयारीमा छन् । 
‘म खेलेको आँगनको फूल’, ‘ओइली सबै झ¥यो होला’, ‘यो मुटुमाझ तिमीलाई राखी’जस्ता गीतबाट श्रोताको माया बटुलेका गीतकार राई चाँडै ‘मनोकांक्षा २’ लिएर संगीतका पारखीमाझ आउन लागेका हुन् । तीन वर्षअघि बजारमा आएको उनको ‘मनोकांक्षा’ नामक एल्बमले निकै चर्चा पाएको थियो । 
दोस्रो एल्बममा ताराप्रकाश लिम्बू र हरि लम्सालको संगीतमा राजेश पायल राई, प्रमोद खरेल, ताराप्रकाश लिम्बू, मिलन अमात्य, मेलिना राई, बानिका प्रधान, अमृता लिम्बू र दीपा लामाको स्वर सुन्न पाइनेछ । पूर्वब्रिटिस गोर्खासमेत रहेका उनका फुटकर रुपमा थुपै्र गीत रेकर्ड भइसकेका छन् ।  
यूकेबाट जानु काम्बाङ लिङ््देनको सहयोगमा

Related News