​नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, यात्रुलाई सास्ती

दृष्टि न्यूज

चितवन । सोमबार बिहानैदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण प्रभावित भएको छ । गएराति पहिरो खसेर अवरुद्ध भएको उक्त सडकमा दिउँसो मात्र चारपटक पहिरो खसिसकेको छ । जसका कारण बिहानैदेखि रोकिएका सवारी गन्तव्यमा जान पाएका छैनन् । 
पहिरो खस्ने, प्रहरीले सडक खोल्ने क्रम देखिएकाले थप सास्ती बेहोर्नुपरेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्य बताए । आज बिहान साढे ११ मा चारकिलो भन्ने स्थानमा  पहिरोसँगै ढुंगा खसेर अवरुद्ध भएको सडक १२ बजे खुलाइएको थियो ।
यातायात सञ्चालन भएको डेढघण्टा नबित्दै पुनः ढुंगा खसेर अवरुद्ध भएको मुग्लिन सडक ढुंगा पन्छाएर १२ बजे पुनः सञ्चालन भएपनि कतिबेला फेरि पहिरो खसेर सडक बन्द हुने अवस्था आउँछ थाहा नभएको प्रहरीले जनाएको छ । 
पटकपटक पहिरो खस्ने क्रम नरोकिँदा बिहानदेखि रोकिएका सवारी साधन गन्तव्यमा जान पाएका छ्रैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कुनै पनि बेला पहिरो खस्नसक्ने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ । 

Related News