​बन्चरोले हानेर ललितपुरमा एकको हत्या


ललितपुर, २४ पुस । 
बन्चरोले हानेर ललितपुरमा शनिबार एकको हत्या भएको छ । थप एक घाइते भएका छन् । 
गोदावरीको बिखंशु नारायणमा कुलोको विवादमा स्थानीय  नारायण बिष्टको हत्या भएको हो । अर्का अनिल बिष्ट घाइते भएका छन् । हत्यामा संलग्न मुराहरी सिलवाल र उनका बुबा श्रीकृष्ण सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । 
ईटा बनाउने कुलो खन्ने क्रममा सिलवालको जग्गामा माटो खसेपछि विवाद भएको थियो । रुख काटिरहेको रहेका त्यही बन्चरोले उनले नारायण र अनिललाई हानेका थिए । पक्राउ परेका बाबुछोरालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । 

Related News