
छोराको कुटाईबाट बुबाको मृत्यु, आमा घाइते
Saturday, 6 Jan, 2018 11:53 AM

प्यूठान–
कुटपिट गरी आफ्नै बाबु मारेको अभियोगमा सरुमारानी गाउँपालिका–५ डुम्रीखर्क बस्ने २० बर्षीय मोहनलाल खाम्चालाई प्रहरीले पक्राउ गरेको छ ।
कुटपिट गरी आफ्नै बाबु मारेको अभियोगमा सरुमारानी गाउँपालिका–५ डुम्रीखर्क बस्ने २० बर्षीय मोहनलाल खाम्चालाई प्रहरीले पक्राउ गरेको छ ।
मोहनलालले बिहीबार ५३ बर्षीय बाबु रैसी खाम्चा र ४६ बर्षीया आमा अम्बीदेवी खाम्चालाई कुटपिट गरी घाइते बनाएकोले उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा रैसीको मृत्यु भएको थियो । घाइते अम्बीदेवीको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको प्युठान प्रहरीले जनाएको छ।