​खुकुरीले हानेर थापाको हत्या

सिन्धुपाल्चोक, २७ माघ। 
 बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने मिनबहादुर श्रेष्ठको घर निर्माण गर्ने क्रममा कामदार बाह्रबिसे नगरपालिका–७ बस्ने ४२ वर्षीय दिर्घबहादुर थापा भन्ने बद्री थापाको खुकुरी प्रहारबाट हत्या गरिएको छ। उनलाई दाङ तुल्सीपुर उपमहानगरपालिका–१२ बस्ने २० वर्षीय होमलाल गिरी समेतका ५ जना कामदारहरुले शुक्रबार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।   
घटनामा संलग्न तुकलाल गिरीलाई शनिबार पक्राउ गरेको हो । अन्य फरार व्यक्तिहरुको खोजतलास .भइरहेको  सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। 

Related News