​ बानेश्वरमा घरभित्रै युवकको हत्या

दृष्टि न्यूज

काठमाडौं, ७ चैत। 
 सामान्य विवादमा बानेश्वरमा साथीहरुले नै एक युवकको हत्या गरेका छन्।   सर्लाही घर भई बानेश्वरको देवीनगरमा बस्ने २१ वर्षिय पुरुषोत्तम सेढाईको छुराले हानेर हत्या गरिएको हो।

एउटै घरमा बस्ने व्यक्तिहरुले चक्कुले हानेर उनको हत्या गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवि पौडेलले बताए। गफ गरेर बस्ने क्रममा विवाद भएपछि तरकारी काट्ने चक्कुले आक्रमण गरेका थिए।

घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए। घटनाको खास कारण खुल्न सकेको छैन। 

Related News