​सिनामंगलमा युवकको हत्या

 काठमाडौं, २४ चैत। 
 सिनामंगलमा ढुंगाले हानेर एक युवकको हत्या भएको छ। 

सिनामंगलको भत्केको पुल छेउमा बिहिबार बेलुका हत्या भएको प्रहरीले जनाएको छ। 

हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त गौशलाका डिएसपी अनुपम श्रेष्ठले बताए।   
आपसी झगडामा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

Related News