अरुसँग लागेको भन्दै रडले हानेर श्रीमतीको हत्या

दृष्टि न्यूज

काठमाडौं, २५ बैशाख। 
अरुसँग लागेको भन्दै  क्षेत्रपाटीमा एक युवकले श्रीमतीको हत्या  गरेका छन्। 
बर्दिया घर भई क्षेत्रपाटीको ताम्सीपाखा बस्ने दर्न बहादुर क्षत्रीले सोमबार बेलुका श्रीमती रेशमकला रोकायको हत्या गरेका थिए। 
प्रहरीका अनुसार ११ वर्षअघि उनीहरुबीच प्रेम विवाह भएको थियो। श्रीमती अरुसँग हिड्ने आशंकामा उनीहरुबीच झगडा हुँदै आएको थियो। सोमबार पनि सोही विषयमा झगडा भएपछि श्रीमतीलाई टाउकोमा रडले हानेर हत्या उनी भागेका थिए। श्रीमतीले तनाव दिएकाले आवेगमा आएर हत्या गरेको उनले पक्राउ परेपछि बताएका छन्।
मंगलबार दिउँसो अपराध महाशाखाको टोलीले उनलाई चाबहीलबाट पक्राउ गरेको हो। 

Related News