​बन्चरो प्रहार गरी श्रीमतीको हत्या

दृष्टि न्यूज

भक्तपुर, २५ जेठ ।
चाँगुनारायण–७ खरिपाटी बस्दै आएका उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । 
स्थायी भोजपुर चरनदी घर भएका माझीले खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी बस्दै आएका थिए । माझीले गएराति सुतिरहेको अवस्थामा २८ वर्षीया श्रीमती सलेना माझीको टाउकोमा बन्चरोले हानेर हत्या गरेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठका अनुसार बन्चरो प्रहारबाट सख्त घाइते सलेनाको उपचारका क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको हो । 
श्रीमतीलाई बन्चरो प्रहार गरी फरार रहेका उमेश माझीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । माझीको ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन् । माझीको खोजी तथा घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Related News