भारतीय सार्पसुटरद्वारा नेपालमा अर्का मुस्लिम नेता मारिए

दृष्टि न्यूज

काठमाडौं, ४ असोज । 
भारतीय सार्पसुटरबाट फेरि नेपालमा अर्का मुस्लिम नेताको हत्या भएको छ । सुनसनीमा बिहीबार नेकपाका नेता खुर्शिद अन्सारीको गोली हानी हत्या भएको थियो । 
गोली हानेर सार्पसुटर सजिलै भारत भाग्न सफल भएका छन् । अन्सारीलाई पक्राउ गर्न भारतले प्रयास गर्दै आएको थियो । 
विगतमा राजधानीमै आएर भारतीय सार्पसुटरले गोली हानेका छन् । जसको सफल अनुसन्धान हुन सकेको छैन । भारत विरोधी गतिविधिमा संलग्न भएको आरोप लागेकाहरुमाथि गोली प्रहार हुँदै आएको छ । 
मुस्लिम अगुवाहरुले गृहमन्त्री रामबहादुर थापालाई भेटेर यो आक्रमण विगतमा नेपालका मुस्लिम अगुवामाथि भएको आक्रमणकै शिलसिला भएको आरोप बताएका छन् । 

Related News