​तस्करीको सूचना दिएको आरोपमा हत्या गर्ने पक्राउ

दृष्टि न्यूज

काठमाडाैं, २१ कात्तिक । 
काठ तस्करीको सूचना दिएको आरोपमा हत्या गर्ने  उदयपुरको साबिक रामपुर गाविस २ कोशीटप्पु बस्ने सुनसरी साबिक प्रकाशपुर गाविस ५ का राजेन्द्र राईलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सुनसरी बराह नगरपालिका ३ ठाकुरबारीबाट २३ वर्षपछि शनिबार पक्राउ गरेको छ ।
राईले २०५२ कात्तिक ४ गते उदयपुर कोशीटप्पुस्थित नर्सरीमा काम गर्ने नारायण शाहलाई मुक्का र लाठी प्रहार गरी गम्भीर घाइते बनाई कोशीटप्पुको आहालेमा लगी छोडी भागेकोमा सोही दिन राति शाहको शव फेला परेको थियो । आफू बिरूद्ध अवैध रुपमा हुने काठ तस्करी सम्बन्धि सूचना दिने गरेको भन्ने आशंकामा राईले कुटपिट गरी शाहको हत्या गरेका थिए । राईलाई कर्तब्यज्यान मुद्दामा सर्वोच्च अदालतको २०६० चैत्र ५ गतेको फैसलाले जन्मकैदको सजाय हुने ठहर गरेकोमा उक्त सजाय वेरुजु रही फरार रहेका थिए ।
अदालतको फैसला कार्यान्वयनको लागि राईलाई आइतबार प्रहरीले उदयपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय उदयपुर पठाइएको सिआईबीका एसपी सुदीप गिरीले बताए । 

Related News