​अनैतिक सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमानको हत्या

दृष्टि न्यूज

विराटनगर, २७ कात्तिक । 
अनैतिक सम्बन्ध  लुकाउन मोरङमा एक  महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छन् । मोरङको सुनवर्षी नगरपालिका ३ की ३० वर्षीया फुलमुनी हेमरमले प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय पति सोहिम हेमरमको हत्या गरेकी हुन् । 

 अनैतिक सम्बन्धकै बिषयलाई लिएर पतिपत्नीबीच मादकपदार्थ सेवनपछि झगडा हुने गरेको थियो । २४ कार्तिक अपरान्ह्र अबैध सम्बन्धकै बिषयमा पति सोहिमले पत्नी फुलमुनीलाई कुटपिट गरेका थिए । पत्नीलाई कुटपिट गरेपछि पति सोहिम छिमेकी मदन मुर्मुसँग रक्सी खान गएका थिए ।
घरमा फर्केपछि रक्सीमा मातिएर सुतेका पति सोहिमलाई पत्नी फुलमुनी र उनकी प्रेमी मदनले ओद्दयानमै घाँटी थिचेर हत्या गरेका थिए । अनुसन्धान गर्दै जाँदा पत्नी फुलमुनी र उनको प्रेमी मिलेर पतिको हत्या गरेको प्रष्ट भएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कबिन्द्र कार्कीले बताए । 
प्रहरीका अनुसार पत्नी फुलमुनीले पति सोहिमको खुटा समातेको र प्रेमी मदनले तकियाले मुख थिचेर हत्या गरेको बयानमा स्विकार गरेका छन् । प्रहरीले दुवैलाई कर्तव्य ज्यान आरोपमा मोरङ जिल्ला अदालतमा सोमबार म्याद थप गरेर अनुसन्धान थालेको छ ।

Related News