​श्रीमतीको हत्या गरी भागेका व्यक्ति पक्राउ

दृष्टि न्यूज

काठमाडौं, ५ मंसिर ।
श्रीमतीको हत्या गरी फरार भ्एका व्यक्ति पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ ख्यारुपा सिरान बस्ने ४२ वर्षीय नरबहादुर चेम्जोङलाई प्रहरीले पक्राउ गरेको हो ।  

 नरबहादुरले आफ्नी जेठी श्रीमती ३९ वर्षीया ईन्द्रमाला चेम्जोङलाई धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । हत्या गरी फरार भएका नरबहादुरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । घर झगडामा उनले श्रीमतीको हत्या गरेका हुन् । 

Related News