​मदिराको नशामा श्रीमतीको हत्या

दृष्टि न्यूज

रोल्पा, ६ मंसिर। 
मदिराको नसामा एक व्यक्तिले क्रुर तरिकाले श्रीमतीको हत्या गरेका छन् । सुनिल स्मृति गाउँपालिका ५ काभ्रे बस्ने ५५ वर्षीय ईन्द्रबहादुर घर्तीमगरलाई आफ्नै ४२ वर्षीया श्रीमती त्रिमता घर्तीमगरको बन्चरो प्रहार गरी हत्या गरेका हुन् । 
इन्द्रबहादुरलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ । ईन्द्रबहादुरले मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा त्रिमतालाई धारिलो हतियार बन्चरो प्रहार गर्दा मृत्यु भएको थियो । 

Related News