​व्यवसायीको हत्या अभियोगमा श्रीमान श्रीमती नै जेल चलान


काठमाडौं, १८ भदौ 
कृषि फार्म संचालकको हत्या आरोपमा एक दम्पती जेल चलान भएका छन् । ललितपुरको ठेचोस्थित अर्गानिक एग्रोभेटका संचालक मेघनाथ भुषालको हत्या अभियोगमा पक्राउ परेका कान्छीमाया तामाङ र उनका श्रीमान मान बहादुर तामाङलाई बुधबार जिल्ला अदालत ललितपुरले पुपक्र्षका लागि कारागार चलानको आदेश दिएको हो । चक्कुले हानेर गत १८ साउनमा उनीहरुले भुषालको चक्कुले हानेर हत्या गरेका थिए । 
हत्या अझै रहस्यमै 
गत १८ साउनको दिउसो ललितपुरको भैँसेपाटीमा प्रहरीको सिआरभी भ्यानमा पुगेर एक महिलाले प्रहरीलाई भनिन्, ‘मलाई एक जनाले बलत्कार गर्न खोज्यो मैले मारिदिए ।’ चक्कु हातमा बोकेर ती महिला त्यहा गएकी थिइन् । प्रहरी हतारहतार घटनास्थलतर्फ लाग्यो । भैसेपार्टी पारी रहेको   ठेचोस्थित नख्खु करिडोरको छेउमा रहेको अर्गानिक एग्रोभेटको सानो टहरोमा  एक व्यक्ति रक्तात्य अवस्थामा मृत भेटिए  । आफुलाई बलत्कार गर्न खोज्दा हत्या गरेको प्रहरी सिआरभीमा पुगेकी कान्छीमाया तामाङले बताएकी थिइन् । 
तामाङ भुसालकै एग्रोफर्ममा कामदार थिइन् । उनी श्रीमान्ले कान्छी बिहे गरेपछि फार्मकै टहरोमा तीन बच्चासहित बस्दै आएकी थिइन् । घटनास्थल अवस्था हेर्दा कान्छीमायाको भनाइस“ग तालमेल मिलेको थिएन । उनले पटक–पटक कुरा फेरिरहेकी थिइन् । थप सोधपुछका क्रममा उनले श्रीमान पनि हत्यापछि टहरोमा आएको बताइन् । त्यहीबाट प्रहरीको अनुसन्धानले नया“ मोड लियो ।  तत्कालै उनका श्रीमान मान बहादुरलाई प्रहरीले पक्राउ ग¥यो । पक्राउपछि सोधपुछका क्रममा आफुले नै भुषालको हत्या गरेको तर बलत्कार गर्न खोज्दा हत्या गरेको बताउदा कारबाहीबाट उन्मुक्ति पाइने भएकाले आफुले श्रीमतीलाई चक्कु दिएर प्रहरीमा पठाएकी बयान दिए । भुषाललाई श्रीमतीस“ग भेटेपछि आफुले हत्या गरेको उनले दाबी मान बहादुरले गरेका छन् । 
प्रहरीले हत्यामा दुवैलाई दोषी दाबी गरी मुद्दा दायर गरेको थियो । अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको चापागाउ“ वृत्तका डिएसपी आभूषण तिम्सिनाले बताए । 
मान बहादुर पनि कहिलेकाही उक्त फर्ममा काम गर्दथे । उनको केही समयअघि भुषालस“ग विवाद भएको थियो । सोही कारण उनले हत्या गरेको प्रहरी आशंका छ । 
 
 
 
  

Related News