न्यायो कपडा पाएपछि मुसहर बालबालिका दंग

सर्लाही, २० पुस । चिसोबाट प्रभावित सर्लाही चक्रघट्टाका ८० मुसहर बालबालिकालाई हिजो न्यानो कपडा बाडिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन २ नम्बर प्रदेश कमिटीले ती बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
अनेरास्ववियू २ नम्बर प्रदेश संयोजक आरती लामाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यतामा चक्रघट्टा गाउपालिका ७ पटेर्वाका चिसो प्रभावित बालबालिकालाई जाडोमा लगाउने बाक्लो न्यानो सुईटर र ट्रयाक सुईट बाडिएको कार्यक्रम संचालक स्ववियूका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सरोजवावु न्यौपानेले जानकारी दिए । न्यानो कपडा वितरण कार्यक्रममा बोेल्दै अनेरास्ववियुका नेताहरुले जाडोबाट प्रभावित बालबालिकालाई चिसोबाट बचाउनु राज्यको दायित्व भएको भए पनि राज्यले अनादेख गरेपछि आफुहरु काठमाण्डौदेखि राहत लिएर आएको बताएका थिए । 
कार्यक्रममा सर्लाही क्षेत्र नम्बर १ ख की प्रदेश सदस्य बेची लुंगेली, चक्रघट्टा गाउँपालिकाका उपाध्यक्ष बसोदा देवी यादव, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य मोतीलाल विक, केन्द्रीय सदस्य रवि राय, राजकिशोर यादव, अन्जना शिवाकोटी, प्रतिक्षा कार्की, रामलाल राय, एमाले नेता भरत कार्की, पत्रकार अमन कोइराला, रोशन न्यौपाने, सुनिल ठाकुर लगायतको उपस्थिती रहेको प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष अच्यूत सापकोटाले जानकारी दिए । न्यानो लुगा पाएपछि चिसोबाट प्रभावित बालबालिका खुशी भएका छन् । 

Related News