​ म्युजिक अवार्डको आवेदन खुला

दृष्टि न्यूज

काठमाडौं, १० वैशाख ।
‘म्युजिक खबर म्युजिक अवार्ड’का लागि आवेदन खुला गरिएको छ । आयोजक  म्यूजिक खबर डटकमले प्रेस विज्ञप्तिमार्फत आवेदन खुला गरिएको जनाएको हो ।
‘म्युजिक खबर म्युजिक अवार्ड’को यो सातौ संस्करण आगामी १३ असोजमा विराटनगरमा हुने आयोजकले जनाएको छ । यस अवार्डमा राष्ट्रियभाव, पप, चलचित्र, लोकदोहोरी, गजल, आधुनिक गरी ३४ विधामा अवार्ड प्रदान गरिनेछ । आयोजकका अनुसार २०७४ सालमा रिलिज भएका  सिर्जनालाई अवार्डमा समेटिनेछ ।

Related News