‘गणेश बन्दना’ मेरो साधना

नेपाल सुन्दरी २० औ“ वर्षगा“ठ कार्यक्रमको तीन दिन अगावै श्वेता सिंह (नेपाल सुन्दरी–१९९९)ले मलाई फोनमार्फत् ‘दिज्जु, २० औ“ वर्षगा“ठ मनाउन लाग्दै छौ“, हजुरले एउटा नृत्य प्रस्तुत गर्नुपर्छ,त्यो नृत्य यस्तो होस् जसमा सबै कुरा समेटियोस्– ट्रेडिश्नल, क्लासिक, साल्सा, साम्बा, सबै रिमिक्स भएको ।’ मैले पनि ‘ल, ल त्यसै गरौ“ला’ भनी बडो उत्साहित भएर फोन राखे“ । अर्थात्, बच्चैदेखि लागेको बानी कसैले दिएको जिम्मेवारीलाई सहज रुपमा स्वीकार्नु मेरो बानी नै हो । ४० वसन्तछोएको यो मनमा उमंग र तरंग त्यति नै छ । जोश पनि छ तर, समयको अभावले ३ दिनमा यतिको गृहकार्य गरी नृत्य प्रस्तुत गर्न असम्भव जस्तो लाग्न थाल्यो । एक जना चिनेको भाइ, जो नृत्यमा एकदमै उस्ताद छन्, तुरुन्त उनलाई फोन लगाए“ । ‘हस, दिज्जु भईहाल्छ नि। म गीतहरूलाई रिमिक्स गर्छु अनि भोलिदेखि हजुरलाई डान्स सिकाइदिउ“ला ।’ यसो भन्दा मन अलि ढुक्क र हल्का भयो । भोलिपल्ट त्यो भाइलाई फोन गरे“, त्यो भाइको फोन उठ्दै उठेन । यो दिक्क मनले ‘ल रुबि के नाच्छेस्, भन्न थाल्यो । बडो नमज्जा र धोका भए जस्तो लाग्यो । शायद रकम नतिरेर सिकाउन पो नआएको हो कि भन्ने मनमनै सम्झिए । तर मेरो सिद्धान्त कसैको मिहिनेतलाई मारेर फाइदा लिनु पाप हो । मैले त्यो भाइलाई केही रकम पारिश्रमिक भनेर छुट्याएको पनि थिए“ । अब म स“ग कुनै उपाय थिएन । तर म ना“च्छु नै भनेर अठोट संकल्प लिए“ र ठन्डा दिमागले सोच्न थाले । अचानक एक जना नृत्य निर्देशक रेनेष बहिनी दिमागमा आयो । मस“ग वहा“को फोन नम्बर थिएन । मैले भाइ मिलन (सिनेमा निर्देशक) स“ग रेनेष बहिनीको नम्बर लिए“ । उनको पनि फोन उठेन, शायद व्यस्तताले गर्दा होला † मैले तुरुन्तै उनीलाई मोबाइलको एसएमएसमार्फत् आफ्नो सबै समस्याहरूलाई खुलस्त राखे“ । उनीले मलाई तुरुन्तै फोन गरिन् । उनी सुटिङको लागि दृश्य अवलोकन गर्न काठमाण्डू बाहिर गएकी रहेछिन् । उनले ‘दि, तपाईंको हातमा समय थोरै छ र म पनि टाढा छु । तपार्इंले यू ट्यूवमा स्टेप डान्स स्टुडियो नेपालमा गएर प्रियंका कार्कीले गरेको नृत्य गणेश बन्दनामा प्रस्तुति गर्नुहोला । नेपाल सुन्दरीको सिलसिला तपाईंबाट सुरुवात भएको हो । शुभ कार्यको उत्थान शुभ गानबाटै सुरु गर्नुपर्छ दि ।’ ओहो † कति उत्तम विचार । उनको यी कुराहरूले मलाई गणेश बन्दनामा नै नृत्य गर्न प्रेरित गरायो । धन्यवाद रेनेष बहिनी † उमेरमा निक्कै सानो भए पनि मलाई उनको विचार बडो उचित लाग्यो । उनको निर्देशन बमोजिम मैले यू टुबबाट गीतलाई सर्च (तलास) गरे“ र मोबाइलमा भिडियो खि“चे । नेपालको नेट सिस्टमको कमजोरीले गर्दा लगभग तीन मिनेटको गीतलाई आधा–आधा दुई भाग गरी भिडियो लिए“ । र, ऊ“ श्री गणेशाय नमः भन्दै गणेश बन्दना नृत्यको लागि कम्मर कसे“ । दुई दिनको नियमित मिहिनेत– घरमा, कार्यालयमा, जिममा, भान्छामा, बैठकमा, चौरमा, मोबाइल हेर्दै प्रियंकाको तालहरूमा ताल मिलाउन थाले । एक मनले त के सकिएला र यसरी नाच्न भन्ने पनि लाग्यो । स्वभाविक पनि थियो, न कुनै नृत्यको तालिम, न त कुनै सिकाउने गुरु । जे देख्थे त्यसलाई गहिरिएर मनन गर्थे र मोबाइललाई पज गरेर त्यही ताल गर्न अभ्यास गरे“ । त्यो गीतमा हातलाई माथि घुमाएर एक फन्को मारेर घु“डा टेकी नृत्य गर्नु पर्ने थियो । नाच्दा नाच्दै सिधै“ घु“डाको बलमा बजारिन पुगे“ । यसरी नराम्रोसित चोट लाग्यो कि रन्थनिएर एक छिन त थचक्कै बसे“ । असिन–पसिन, मुटुको तीव्र गति र चिथारिएको घु“डा देख्दा एक छिन यो मनमा खिन्नता उत्पन्न भयो । तर, यो मनमा अब दृढ संकल्प थियो– गणेश बन्दना नृत्य गर्ने । सुन्दा पनि आ“खा चिम्लिई नृत्यको एक–एक ताल रचालहरूलाई दिमागमा स्थापित गर्दै गए“ । नभन्दै विस्तारै–विस्तारै एक–एक तालहरूलाई मैले ग्रहण गर्न सके“ । रेनेष बहिनीले मलाई गीत पनि इमेल आईडीमार्फत्् पठाइदिनु भयो । र, मेरो श्रीमान प्रजय शाहले गीतलाई पेनड्राइभ र सिडीमा डाउनलोड गरेर, ‘बाबु’ अब तिमीलाई प्रयाक्टिस गर्न सजिलो हुन्छ’ भनेर मनोबल थप्नुभयो । रह्यो कुरा गणेशबन्दनामा गौरीको रुप धारण गरेर त्रिशूल (हतियार) घुमाएर नाच्नु पर्ने थियो । अब त्रिशूल कहा“बाट ल्याउने? फेरि रेनेष बहिनीलाई त्रिशूल कहा“बाट भाडामा लिने हो भनेर सोधे“, ‘दि, त्रिशूल भाडामा लिने होइन, आफै थरमाकोलले बनाउने हो ।’ जवाफ दिइन्– हो त नि, त्रिशूल त भारी नै हुन्छ । उचालेर कसरी ना“च्नु ? छ्या यो बुद्धि पनि कस्तो ?सा“च्ची नै रेनेष बहिनीले मलाई यो कुरा नबुझाई दिएको भए“ धरोधर्म म त्रिशूल किनेर भए पनि नाच्ने प्रण गरिसकेको थिए“ । त्रिशूलले भारी बनाइदिएको मन अब थरमाकोल जस्तै हलुको लाग्न थाल्यो । तुरुन्तै मैले यी कुराहरू आफ्नो श्रीमान्लाई जाहेर गरे“ । वहा“ पनि स्टोर रुममा लम्कि“दै खतालखुतल गर्न लाग्नु भयो । तर थरमाकल भेटिएन । ‘दिमागका बत्ती जलाओ’– अब वहा“ले बाक्लो कूट लिएर आफ्नो कलाकारिता दर्शाउनु थियो । चित्र राम्ररी कोर्ने हुनाले वहा“ले दुरुस्त त्रिशूलको आकारमा कूट काट्नु भयो र उभिएर कु“चो लाउनेको डण्ठालाई लिएर तामाको तारले बेरेर, सुनौलो रंग लगाएर, रातो र पहे“लो रिब्बनले डण्ठालाई बेरेर, फेबिकोल लगाएर निक्कै कुशलतापूर्वक आफ्नो कार्यलाई पूर्णता दिनुभयो । नभन्दै बिहान आ“खा खुल्ने बित्तिकै ढोका नजिक अति सुन्दर त्रिशूलको दर्शन भयो । अति आकर्षक–सुन्दर त्रिशूलको सिर्जनापछि मनमा शान्ति छायो । अब केही अरु कार्यहरू बा“की थिए– पोशाक, गरगहना र गौरी श्रृंगारको । कुपन्डोलस्थित कानदेवता थाननिर उत्तम क्रिएशनमा उत्तम दा’लाई फोनद्वारा पोशाकको लागि आफ्ना कुराहरू व्यक्त गरे । दा’ले पनि भेटेर सरसल्लाह गरौं भन्नुभयो । मेरो कर्मथलो ‘रुबीज ब्यूटि होम’ भन्दा दा’लाई भेट्नु प¥यो भनेर उतै लम्के । ‘ए † भइहाल्छ नि, कुन गाह्रो कुरा हो’ भनी दा’ले भन्नुभयो । तर पीर, उहा“ले समयमा कुनै पनि पोशाक दिनु हुन्न कि भन्ने थियो । ‘अ“, एउटा यस्तै लुगा तयारीमा पनि छ– प्रियंकाले नै लगाको, हेर्छौ’ भन्दा ‘हुन्छ’ भने । लुगा हेर्दा पोशाकको चीरहरण गरिएर केही मात्रामा थियो । लुगाको डिजाइन हिन्दी सिनेमा ‘हिम्मतवाला’को धारणामा तयारी थियो । ‘दा’ यस्तो लुगा लगाउने होइन– कथक नृत्यमा लगाउने जस्तो’ भनेर आफूले भिडियो खिचेको प्रियंका कार्कीको लुगा देखाए“ । ‘ए † कुन ठूलो कुरा हो, तिमी ढुक्क हौ“’ भनी हाफकट्टु र नाकको टुप्पोतिर झुन्डेको चस्मामा ‘ल, सानु नाप लेऊ’ भनी आदेश दिनुभयो । जे भए पनि राष्ट्रको यस्तो चर्चित मानिने फेशन डिजाइनर उत्तम बनेपालीको व्यक्तित्व अमचम्मको छ । धमिलो टिसर्ट, हाफ कट्टु, नाक मुनतिर चस्मा, फिटफिटे चप्पल, कहिलेकाही“ त सियोलाई थुतुनोले च्यापेर ग्राहकस“ग कुराकानी गर्ने बडो अनौठो प्राणी देखिनु हुन्छ उहा“ । उहा“का अनुभवलाई बटुल्ने हो भने वहा“ले २२ वर्षयो पेशामा आवद्ध भएर २००९ र २०१० वर्षको मिस अर्थ, मिस इन्टरनेशनल ब्युटि प्याजेन्ट इत्यादि विभिन्न कार्य क्षेत्रहरूमा निपूर्णताको साथ आफ्नो डिजाइनहरूलाई प्रस्तुत गर्नुभएको छ । आज उत्तम बनेपालीलाई हिरो–हिरोइन, निर्देशक, प्रोड्युसर, कलाकार हरकोहीले चिन्दछ । आज उहा“को संलग्नतामा कुपन्डोलस्थित ‘सेन्ट्रल फेशन हब’ संस्थाले फेशन डिजाइनसम्बन्धी तालिम दि“दै थुप्रै युवा–युवतीहरूलाई सिप सिकाएर स्वावलम्भी बनाई राष्ट्रलाई टेवा पु¥याउनु भएको छ । उहा“को डिजाइन गरेको पोशाक लगाएर ना“च्नु मेरो लागि गौरवको विषय हो । सिर्फ लुगा समयमा नपाइने हुनाले मनमा डर रहिरहन्छ । अब केही गरगहनाहरू जोगाड गर्नुपर्ने थियो । पवित्रा आचार्य बहिनी (नृत्यांगना, सिने कलाकार)स“ग सहयोग लिएर घु“ग्रु र गजराको व्यवस्था मिलाए“ । वहा“को आत्मियता † मलाई वहा“ले आफ्नै सरस्वतीको प्रसाद घु“ग्रु र गजरा पठाइदिनुभयो र लगाउने सुझाव पनि दिनुभयो । लगभग १÷१ किलोको घु“ग्रु थियो होला । जिन्दगीमा यतिको भारी घु“ग्रु लगाएर ना“चेको पनि छैन । लौ जा † यही लगाई नाच्छु भनी छम्छम् गरी अभ्यास गर्न थाले । अब श्रृंगारप्रति मैले शकिलजी (मेकअप आर्टिस्ट)लाई निवेदन टक्र्या“ए । वहा“ले पनि मेरो निमन्त्रणालाई स्वीकार्नु भयो । आइतबार–१३ जुलाई २०१४, बिहानमा मनमा उत्साह र उत्तेजना बड्दै थियो। बिहानै ९ चोटिको अभ्यासले यी खुट्टा र तीघ्रा बज्रपात थिए । आजलाई यति नै काफी भनी उत्तम दा’ र शकिलजीलाई फोन लगाए“ । पूर्ण आश्वासनका साथ लुगा समयमा पाउने र सा“झ ४ बजे शकिलजी मेरै ठाउ“ (ब्युटिपार्लर) मा आई श्रृंगार गरिदिने प्रति म ढुक्क भए“ । ठीक ४ः०५ (सा“झ) बजेतिर शकिलजी आउनुभयो र मलाई श्रृंगार गर्नतर्फ लाग्नुभयो । लगभग दुई घण्टाको लीपापोतीपछि आफूलाई आइनामा न्यालेर हेर्दा साक्षात् गौरीको रुप देख्दा वहा“को हातलाई मैले ढोगे पनि । अति सुन्दर † म नै म जस्तो थिएन । देवी जस्तो † यति राम्रो श्रृंगार † सा“च्ची नै यो एक ईश्वरीय बरदान हो– हरकोहीले पाउन सक्दैन । हुन त मेरो पेशा पनि यही नै हो । तर वहा“ले मलाई जुन श्रृंगार गरेर निखार्नु भयो त्यसप्रति म वहा“लाई हृदयदेखि आभार प्रकट गर्दछु । अब सिर्फ मैले नृत्यको पोशाक लगाउनु बा“की थियो । आफ्नो एक जना सहकर्मी बहिनीलाई उत्तम दा’कहा“ पठाए“ । जुन डर थियो त्यही नै भयो । तल भागको सुरुवाल फरिया जोडेको मात्र लिएर ती बहिनी अत्तालि“दै ‘दिज्जु चोलो त तयार नै भा’को रहेनछ’ भन्दा हंसले ठाउ“ नै छोड्यो । त्यही सुरवाल भिरेर (माथि टिसर्ट), आ“खा रातो–रातो, चिट्–चिट् पसिना काड्दै हस्याङ–फस्याङ गर्दै बाटोतिर लम्के । त्यो श्रृंगार, अधकट्टे लुगा, हाव–भाव देखेर मलाई फर्की फर्की नहेर्ने कोही थिएन । कतिको मनमा त थुप्रै नचाहि“दा कुराहरू उत्पन्न भएका होलान् । तर मेरो समस्या मलाई नै थाहा थियो । मेरो रुप गौरीबाट कालीमा परिवर्तन हुनु स्वभाविक नै थियो । उत्तम दा’कहा“ पाइला टेक्दा भर्खरै चोलो सिलेको देख्दा त त्यही नै ताण्डव नृत्य गर्न मन लाग्यो । तर मजबुर मन– कुनै उपाय नै थिएन । मेरो क्रोधको ज्वालाखुमी फुट्न लाग्नु अगावै उत्तम दा’ त्यहा“बाट कुलेलम ठोक्नुभयो । सिउने कारीगरले पनि चुईक्क नबोली धडधड्धड् गर्दै मेशिन चलाउ“दै गयो । ठीक ७ः१५ (राति) चोलोको ढा“चा देखिन थाल्यो । ‘८ बजेभित्र जसरी पनि आइपुग्नु पर्छ’ भनी श्वेता सिंह बहिनीले फोनमा भन्दा मनले ठाउ“ छाडिसकेको थियो । ‘मरता क्या नही करता’ । हातको बाहुली सिउन भ्याउ“दैन भनेपछि बिना बाहुलीको चोलो लगाएर ¥याडिसनतिर हुइक्यौ“ । ८ बज्नलाई ८ मिनेट बा“की थियो । मुटु ढुकढुक– ‘ला, अब हामी ढिला हुने भयौ“ राजा’, भनी मैैले श्रीमानलाई भने । उहा“ले पनि, ‘पीर नमान † नेपालीहरूको कार्यक्रम हो । अत्तालेर केही हु“दैन । हामी समयमा नै पुग्छौ“’ भनी आश्वासन दिनुभयो । नभन्दै ८ः०५ बजेतिर होटल ¥याडिसनमा हत्तारि“दै ओर्लिंदा नेपाल सुन्दरी १९९९ श्वेता सिंह स्वागार्थको लागि ढोकामा नै उपस्थित पाए“ । ‘थ्याक्यू दिज्जु, हजुर टाइममा आइस्यो’, ‘अरु मिस नेपालहरू आइपुग्नु भा रहेनछन्’ भन्दा मन अलि स्थिर, आफू अनुशासित भएको महसुस गरे“ । यता पनि समयको महत्व नबुझ्दा बडो दिक्क लाग्यो । कता–कता मनमा के हत्तारि“दै आउनु प¥या होला, चोलोको बाहुली जोडेर आए पनि हुन्थ्यो जस्तो ग्लानी लाग्न थाल्यो । विस्तारै–विस्तारै आफ्नै समयमा हिंड्ने मर्यादित आवरणमा प्रतिष्ठित महानुभाव–महिला–भद्रगण, नामी व्यापारी, उत्कृष्ट कलाकार, विशिष्ट फोटोग्राफर, पत्रकार मित्रबन्धु, अल्गा–अल्गा सुसज्जित सुन्दरीहरू, विभिन्न संघ–संस्थाका विशिष्ट व्यक्तित्वले ¥याडिसनको माहोल गरम हु“दै गयो । सबै चिरपरिचित मित्रबन्धुहरूस“ग ब्रिटिस पाराले आ“लिगन गर्दै गालामा गाला छुवाइ“ म्वा“इ खा“दै, अभिवादन गर्दै आशंकित मनले मेरा हत्केलाहरूले आफ्नै हातहरू सुम्सुम्याउ“दै थियो । शायद सुसज्जित नृत्य पोशाक र सोह्र श्रृंगारमा यी हातहरू बिना बाहुली भएर संकोच मुद्रामा गर्दन हल्लाउ“दै ‘गणेश बन्दना’ नृत्य सिध्याएर अर्को पोशाक लगाएर बस्ने मनसाय कसैले बुझेको थिएन । २० औ वर्षको लामो यात्रापछि फेरि एकचोटि सबै जनालाई यसरी एकै ठाउ“मा भेट्दा यो मन उत्साहित पनि थियो र हतप्रभ पनि † १९९४ वर्षमा भेटेका आदरणीय दाजुहरू (काठमाण्डू जेसिस) का कपाल फुलिसकेको, आ“खा झोलिसकेको, गाला चाउरी परिसकेको तर, आ“खामा त्यही चमक थियो–नया“ सोचको–नया“ शुरुवातको † वहा“हरूलाई म आत्मियतादेखि प्रणाम अर्पण गर्दछु । त्यस्तै द हिडेन ट्रेजर संस्थाका अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिको मन्तव्यपछि हामी नेपाल सुन्दरीहरूले मिलेर केक काटेपछि सदिक्षा बहिनी नेपाल सुन्दरी २०१० ले मलाई मञ्चमा उपस्थित हुने र ‘गणेश बन्दना’ नृत्यको लागि स्वागत घोषणा गर्नुभयो । ‘ऊ“….गजनानन यथायः, गणदिपाय, गणादिक्षाय धिमही, गुणशरीरायः गुण मण्डितायः, गुणेश्नाय धिमही ††… हरेक भावमुद्राहरूलाई हुबहु प्रस्तुत गर्दै, नृत्यको अन्तिममा गणेश मुद्रामा एउटा खुट्टा उचाली आफूलाई स्थिर राख्दै नृत्य पूर्ण गर्नुपर्ने थियो । खुट्टाहरू थरर काप्दै थिए तर कसैले चाल नपाउने गरी नृत्यलाई एक कुशल नृत्यांगना स्वरुप पूर्ण गरे“ । तड्…तड्…तड्… तालीको गड्गडाहट… पूर्ण साष्टा¨ नमस्कार गरी मञ्चमा रहेको त्रिशूललाई बोकी छम्छम् गर्दै मञ्चबाट ओर्ले । मन बडो प्रफुल्लित थियो । अझै तालीको गड्गडाहट सुन्दै थिए“ । ‘ल, रुबी तिमी जे गर्छौ बडो खुबीका साथ गर्छेउ’ भनी मेरो साथी सीता पाठक (ब्युटिसियन)ले उठेर मलाई आफ्नो आलि¨नमा बा“धी । यो एक साधारण नृत्य थियो– ‘गणेश बन्दना’ । तर मेरो लागि यो साधना 

Related News