​निगम बेच्न लागेको पर्यटनमन्त्रीद्वारा पुष्टि

दृष्टि न्यूज

काठमाडौं, २० मंसिर । 
 सरकारले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने बहानामा विदेशी कम्पनीलाई बेच्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले यसको पुष्ट गरेका छन् । उनले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न उसको सम्पत्ती तथा दायित्वको मूल्यांकन (डिडिए) गर्ने प्रक्रिया अघि बढाइएको बुधबार लेखा समितिको बैठकमा जानकारी गराएका हुन् । 

निगमलाई वाइड वडी विमान खरिदलाई विवादमा पार्ने र निगम टाट पल्टिएको भनेर लुफ्थान्सा कम्पनीसँग साझेदारी गर्ने बारे चलखेल भइरहेको समेत गत मंगलबार दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित भएको थियो । त्यसलार्य पर्यटनमत्रीले पुष्टि गरेका छन् । 
निगममा नेपाल सरकारले शेयर लगानी बढाएर कम्पनी मोडलमा सञ्चालन गर्ने र त्यही कम्पनीले नै रणनीतिक साझेदार वा लगानीकर्ता भित्र्याउने भन्ने निर्णय गर्ने अधिकारीको भनाई छ ।   
डिडिए सकिएपछि कम्पनीको संरचनाबारे निर्णय हुने पनि उनले जानकारी दिए। ’सम्पत्ती र दायित्व मूल्यांकन भएपछि हामी आवश्यक निर्णय गर्नेछौँ,’ उनले भने। 
साझेदारीको नाममा निगमबाट फाइदा लिन लुफान्सा लागिपरेको छ । उसले यसका लागि गत वर्ष नै प्रस्ताव पेश गरेको थियो । अर्थ मन्त्रालयले स्वीकृत समेत गरिसकेको छ । 
निगमले २० अर्ब माग्दा अर्थमन्त्री डा युवराज खतिवडाले पैसा दिन नसक्ने बरु निगमलाई कम्पनी मोडलमा लैजान सुझाव दिएका थिए । कम्पनी मोडलमा गएपछि मात्र विदेशी कम्पनीसँग साझेदारी गर्न मिल्ने भएकाले त्यसका लागि गृहकार्य थालिएको हो । 

Related News