एकै दिन नबिल बैंकको १० नयाँ शाखाहरु सञ्चालनमा

काठमाडौं, १८ मंसिर । नबिल बैंकले विरेन्द्रनगर–सुर्खेत, टिकापुर–कैलाली, तालचोक, बगर, अमरसिंहचोक–पोखरा, कास्की, लमही–दाङ, बर्दिबास–महोत्तरी, टाँडी–चितवन, लाहान–सिराहा तथा हरिवन–सर्लाही गरी मंसिर १८ गते एकै दिनमा १० नयाँ शाखाहरु खोलेको छ । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । देशको अग्रणी स्थानमा रहन सफल भएका बैंकमध्ये एक नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न क्षेत्र र तप्काका बढीभन्दा बढी ग्राहकलाई उपलब्ध गराउने उद्देश्यअनुरुप देशका विभिन्न क्षेत्रका आफ्नो शाखा सञ्जाल बढाउँदै लगेको छ ।
१० नयाँ शाखासहित बैंकका ६२ वटा शाखा तथा २ एक्स्टेन्शन काउन्टरसहितको बृहत सञ्जाल, १०० वटा एटिएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत् देशव्यापीरुपमा र विदेश अवस्थित अन्य धेरै बैंैंकिङ एजेन्सीहरुमार्फत् विश्वभर सेवा प्रदान गरिरहेको बैंकका नायव महाप्रबन्धक रमेशप्रसाद लोहनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

Related News