टोयोटाको गाडी बुक गर्नेलाई बालीदेखि पोखरा टुर प्याकेज

दृष्टि न्यूज

काठमाडौं । 
विश्व चर्चित ब्राण्ड टोयोटाले नेपाली बजारमा आफ्ना उत्पादन प्रवद्र्धन गर्न आकर्षक स्कीम अघि सारेका छ । नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट (युटिएस) ले यहि भदौ २६ देखि ३१ गतेसम्म भइरहेको नाडा अटो शो २०१८ मा टोयाटा गाडी बुक गर्नेहरुमध्येबाट इण्डोनेशिया भ्रमणदेखि माउन्टेन फ्याइटको आनन्द समेत दिने भएको छ ।
भृकुटीमण्डपमा जारी नाडा अटो शो अवधिभरि टोयोटाको हरेक बुकिङ्मा पाँच जोडीको लागि ५ दिन, ४ रातको बाली टुर, ४ जोडीको लागि ४ दिन ३ रातको पोखरा टुर र २ जोडीको लागि माउण्टेन फ्लाइट जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । 
यस पटकको नाडा अटो शोमा आकर्षक बनेको ‘रस’ नाडा अटो शो को प्रमुख आकर्षण रहने कुरा कम्पनीले जनाएको छ । अत्याधुनिक मोडलको ‘रस’मा ६ एसआरएस एयर ब्याग रहेका कम्पनीले जनाएको छ । कूल सात सिटर गाडीमा २८० एम एम रक बटम ग्राउण्ड क्लियरेन्स, १७ इन्च व्हील बेस जस्ता विशेषताहरु रहेका छन् । नाडा अटो शोमा प्रमुख आकर्षण बनेको रसप्रति प्रयोगकर्ताहरुले चासो देखाएको कम्पनीले जनाएको छ । अटो शोमा कम्पनीका अन्य अरु ब्राण्डहरु र्याभ फोर, ल्याण्ड क्रुजर, प्राडो, हाइलक्स र फरट्युनर पनि बिक्री भइरहेको कम्पनीले जनाएको छ । 

Related News