​ग्राहक झुक्याउने अफरले नाडा अटो शोको चार्म घट्दो, तेश्रो दिन अवलोकनकर्ताको खडेरी

काठमाडौं १७ भदौ । नाडा अटो शोमा विभिन्न ब्राण्डका गाडी खरिद गर्दा घोषणा गरेको अफर वा बैंकहरुले ल्याएको सस्तो अटो लोन सुन्दा झट्टै गएर किनिहालौ जस्तो लाग्छ । तर, त्यस्ता अफर पत्याएर गाडी किन्न जानेमध्ये आधाभन्दा बढिले गाडी नकिन्ने सोच बनाएर फर्किरहेको पाइन्छ । किनभने अफरले भनेजस्तो अवस्था त्यहाँ छैन् । 
विभिन्न टर्म एन्ट कन्डिसनले गर्दा गाडी किन्ने मनस्थिती बनाए गएकाहरु रित्व हात लिएर फर्किनेको संख्या बढ्दो छ । गाडी किन्दा दिएको अफरअनुसार गाडी किन्न गएपनि बास्तबिक मूल्यमा झण्डै २५ प्रतिशतभन्दा बढी पर्न आउने अवलोकनकर्ताको अनुभब छ । 
अटो लोनमा ८, ९ वा १० प्रतिशत भनिएको हुन्छ । तर, जब खरिद प्रकृया अगाडि बढाईन्छ, त्यहाँ ‘टर्म एन्ड कन्डिसन’ले झण्डै १३ प्रतिशतमाथि पर्न आउने देखिन्छ । किनभने राष्ट्र बैंको नियम अनुसार दश प्रतिशत भन्दा कम ब्याजदरमा अटो लोन कुनै पनि बैंकले दिन सक्ने अवस्था छैन । तर, प्रायः बैंकहरुले दश प्रतिशतभन्दा कम ब्जायजदरमा भनेर अटो लोनस्किम निकालिरहेका छन् । जुन सर्वसाधरण व्यक्तिलाई ‘मुर्गा’ बनाउने काम मात्रै भएको एक गाडी बिक्रेता कम्पनीका म्यानेजरले भने, ‘अफर देखेर गाडी खरिद गर्ने मनस्थिती बनाएर आउँने ग्राहक बैंकको नियम सुनेर चुरमुरिदै फर्किन्छन् । त्यस्तै कतिपय गाडी विक्रेता कम्पनीले पनि छुट वा विभिन्न अफर दिने भनेपनि वास्तबिक मूल्यभन्दा धेरै महंगो प्राईज राखेर डिस्काउन्टबढी देखाईदिनाले पनि सर्वसाधरणमा विस्वास कम भएको देखिन्छ ।’
नाडा अटो शोको उद्घाटनको दिन सर्वसाधरणको संख्या उल्लेख्य भएपनि क्रमसः अवलोकनकर्ताको उपस्थिती पातलिदो छ । नाडा अटो शोको आज तेश्रो दिन दिउँसो एक बजेसम्मको अवस्था हेर्दा अवलोकनकर्ताहरु छिटपुटमात्रै देखिन्थे । कारण बुझ्दै जादा घोषणा गरेको अफरमा चलाखीपूर्वक ग्राहक झुक्याउनेस्किम, महंङो प्रवेस शुल्क, ग्राहकले खोजेजस्तो सूचना स्टलकर्ताले दिन नसक्नु लगायतका छन् ।  
‘गाडीको प्राईज साढे १३ लाख राखिएको छ । तर, त्यो गाडी खरिद गर्नु भनेर जादा झण्डै साढे तीन लाखबढी पर्न आउने रहेछ’, चलचिकर्मी प्रदीप उदयले नाडा अटो शोको अवलोकपछि भने, ‘विज्ञापन जसरी गरेको छ, त्यसैगरी ग्राहकलाई किन्ने सुविधा दिए पो विश्वास बढ्छ । तर, स्किम हेरेर आउनु भनेको बेकार नै रहेछ ।’
मूल्यको हिसाबले ग्राहकको मन जित्न सफल कार हो, जापनीज ब्राण्ड डाटसनको ‘रेडी गो’ । ८ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडित यो अर्वन क्रस कारको नेपालीबजारमा न्युनतम् मूल्य नेपाली बजारमा १५ लाख २५ हजार रुपैयाँ रहेको छ । अझ कम्पनीले नाडामा छुटसहित र विभिन्न सुविधासहित २ लाख ३ हजार बराबरको बेनिफिट ग्राहकलाई दिइरहेको भनिएको छ । डाटसन गाडीको नेपाली आधिकारिक विक्रेता पायोनियर मोटोकर्पका कर्मचारीले यस्तो बताएपनि यस गाडी १३ लाख ५० हजारमा भनेर विज्ञापन गरिएको छ । यो गाडीमा तीन वर्ष फ्री सर्भिस र वारेन्टीको सुविधा दिइएको छ । यो कारको नयाँ भसर्र्िनपनि भर्खरै नेपाल आएको छ ।
यो त एउटा उद्हारण मात्रै हो, प्रायः सबै गाडी बिक्रेताको अवस्था एउटै छ । त्यस्तै बैंकको अवस्था पनि उस्तै छ । भनिएको छ एउटा, ब्यवहारमा गरिन्छ फरक । 

सस्तो भनिएका केही कारहरु
डाटसन रेडी गो
मूल्यको हिसाबले ग्राहकको मन जित्न सफल कार हो जापनीज ब्राण्ड डाटसनको ‘रेडी गो’ । ८ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडित यो अर्वन क्रस कारको नेपालीबजारमा न्युनतम् मूल्य नेपाली बजारमा १५ लाख २५ हजार रुपैयाँ रहेको छ ।
हुण्डाइको इओन


इओन गाडी हुण्डाईको उत्कृष्ट इन्ट्री लेभलको कार हो । ८ सय सीसीको इओनमा १ सय ७० एमएमको ग्राउण्ड क्लिरेन्स छ । नेपाली बजारमा पेट्रोल भर्सनको इओन डिलाइटको प्रारम्भिक मूल्य १८ लाख ९६ हजार रुपैयाँ छ । फुल अप्सनको इओनको मूल्य २२ लाख ९६ हजार रुपैयाँसम्म पर्छ ।
मारुती(सुजुकीको अल्टो
इन्ट्री लेभलको अल्टो मारुती(सुजुकीको उत्पादन हो । अहिले यो सबैभन्दा बढी बिक्री हुने कारमा पर्छ । अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले अत्याधिक रुचाएका छन् । सिजी मोटोकोर्पकाअनुसार नेपाली बजारमा अल्टो भारनवटा भेरियन्टमा उपलब्ध छ । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यो गाडी ६ वटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल टयांकी छ । नेपाली बजारमा अल्टोको मूल्य १५ लाख ४९ हजार रुपैयाँबाट हुन्छ भने फूल अप्सन अल्टो २० लाख १९ हजार रुपैयाँसम्म पर्छ । अल्टो स्टान्डर्ड नेपालमा ट्याक्सीका रुपमा प्रयोग गरिएको छ ।
टाटा टियागो
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको टियागो स्र्पोटी ह्याचब्याक गतवर्ष नेपालमा सार्वजनिक भएको कार हो । उत्कृष्ट डिजाइनसहित विभिन्न फिचर्सका कारण टियागोले धेरैको ध्यान तानेको छ । टियागोको प्रारम्भिक मूल्य २२ लाख ५५ हजार रुपैयाँ छ । एक्सइ भेरियन्टको मूल्य २२ लाख ५५ हजार रुपैयाँ छ भने एक्सएमको २५ लाख ५५ हजार र एक्सजेडको मूल्य २८ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
रेनो क्वीड
‘रेनो क्वीड’ इन्ट्री लेभलको ८ सय र १ हजर सिसीमा उपलब्ध ह्याचब्याक कार हो । सस्तो मूल्यमा आकर्षक कार दिएकै कारण रेनोले नेपाली मध्यमबर्गमाझ छुट्टै पहिचान बनाएको छ । इन्ट्री लेभलको कार क्वीडको फ्युल इफिसियन्सी उत्कृष्ट छ । यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको दावी छ । यसमा २८ लिटर क्षमताको इन्धन ट्यांक रहेको छ । क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ भने बुट स्पेश ३०० लिटर क्षमताको छ । रेनो क्वीडको न्युनतम् मूल्य नाडाका अवसरमा १७ लाख ६४ हजार ९सय रुपैयाँ छ । टप भेरियन्टलाई १९ लाख ८७ हजार रुपैयाँ पर्छ ।

Related News