नाडा शोको आकर्षणः ऋण अफरदेखि नगद छुटसम्म

काठमाडौं । नाडा अटो शो हेर्न जानेको संख्या दोश्रो दिन पनि कायमै छ । विभिन्न कम्पनीहरुले मात्रै होइन, गाडी किन्नकोलागि ब्याङ्कहरुले दिएको ऋण अफरले पनि सर्वसाधरणमा एक्पोप्रति आकर्षण बढेको देखिन्छ । 

छ दिनसम्म चल्ने नाडा अटो शोमा भिआईपीहरुको पनि उत्साहजनक उपस्थितीले गर्दा व्यापारीहरु दंग छन् । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको १२ औं नाडा अटो शोमा ५० हजार अवलोकनकर्ता आउन अपेक्षा आयोजकको छ ।

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोवल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा अटो शो सुरु भएको हो । अटो शोमा साना ठूलागरी एक सय ३० वटा स्टल रहेका छन् । यसमा ९० वटा संस्थागत सहभागिता र प्रदर्शनीमा १६ वटा व्राण्डका ४ पाङ्ग्रे, १९ व्राण्डका दुई पाङग्रे तथा ६ वटा व्राण्डका लाइट कमर्सियल सावरी साधनको स्टल रहेको छ । 

नाडा अटो शो २०१७ मा सावरी साधन तथा अटो क्षेत्रको विकासका लागि विभिन्न व्राण्डका सावारी साधन, पार्टपुर्जा तथा अन्य सेवाहरु ग्राहक समक्ष पुर्याउने तथा उपभोक्ताको कौतुहलतालाई समाधान गर्ने नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले सवारी साधन र त्यससम्वन्धी सूचना आदन प्रदान गर्न पनि नाडा अटो शो महत्वपूर्ण रहेको बताए । मेलावाट हुने आम्दानीवाट ५ लाख रुपैयाँ बाढी पीडितकालागि राहात स्वरुप प्रदान गर्ने घोषणा नाडाले गरेको छ ।

गाडी किन्नेलाई अफरै अफर
सुजुकी मोटर्सको अधिकृत विक्रेता अरुण इन्टरकन्टिनेन्टलले  इग्निस र डिजायर फेसलिफ्ट गरी २ वटा नयाँ गाडी सार्वजनिक गरेको छ । इग्निसको बजार मूल्य २८ लाख ८९ हजार देखि ३५ लाख १९ हजार रहेको र डिजायर फेसलिफ्टको बजार मूल्य ३० लाख ८९ हजार देखि ३७ लाख ३९ हजारसम्म रहेको जनाइएको छ ।

१७ लाख देखि ६० लाख रुपैयाँसम्मका ११ वटा मोडलका गाडीहरु प्रदर्शनमा राखेको अरुण इन्टरकन्टिनेन्टलले  आफ्नो सेवाग्राहीहरुलाई २ वर्षको इन्स्योरेन्स र रोड ट्याक्स फ्रिको ब्यवस्था राखिएको छ ।

फक्सवागनको अधिकृत विक्रेता पूजा इन्टरनेशनल नेपालले नाडा अटो सोमा न्यू एमार्क पिकअप, न्यू टिग्वान, ह्याचब्याक क्रस पोलो, ह्याचब्याक पावर जिटीटीएसआई लगायतका गाडीहरु राखेको छ । गाडी खरिद गर्दा एक्सचेन्ज बोनस २ लाख रुपैयाँ, ८ लाख रुपैयाँ नगद छुट, १ वर्षकालागि रोड ट्याक्स फ्रीको अफर कम्पनीले दिएको छ । 

मेलामा फक्सवागनको गाडी खरिद गर्दा डाउन पेमेन्ट ३५५, फाइनान्सियल पेमेन्ट ६५५ गर्नुपर्ने र  हिमालयन बैंक मार्फत १०.५५, स्ट्याण्डर्ड चार्टर्ड मार्फत ९.५५ र राष्ट्रिय वाणिज्य बैंक मार्फत ९.५ प्रतिशत लिनसक्ने प्रावधान रहको जनाइएको छ । टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदीले नाडा अटो सोमा टाटा टिगोर, टियागो, बोल्ट, जेस्ट लगायतका गाडीहरु प्रदर्शनीमा राखेको र आजै टाटा  हेक्जा सार्वजनिक गरिएको छ । जसको मूल्य ७४ लाख ९५ हजार रहेको छ ।

सुजुकीको डबल मज्जा अफर
सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ । जापानी मोटर कम्पनी सुजुकीको नेपालकालागि आधिकारिक विक्रेता सिजीमोटो कर्मले ‘डवल मज्जा’ अफर अन्तर्गत उपभोक्तालाई ६ लाख रुपैयाँसम्म नगद छुट दिएको छ ।

साथै ५० हजार रुपैयाँसम्म सटही बोनस, एक लाख रुपौयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मकालागि निःशुल्क इन्स्योरेन्स सुविधा, रोड ट्याक्स र रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने भएको हो । कम्पनिले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गरेको छ ।
 

एनआईसी एसिया बैंकको ग्राहकलाई तुरुन्तै कर्जा
एनआईसी एसिया बैंकले नाडा अटो सोमा गाडी खरिद गर्ने ग्राहकलाई तुरुन्तै कर्जा स्वीकृत गर्ने व्यवस्था गरेको छ ।
बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि खरिद गरिने गाडीमा ७ वर्ष अवधिसम्मका लागि आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ । ग्राहकहरूले अधिकतम लाभ लिन सकून् भन्ने हेतुले कर्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क नलिने व्यवस्थासमेत गरेको बैंकले जनाएको छ ।

Related News