कोरियनको अवैध धन्दा

दृष्टि न्यूज

काठमाडौं । नेपालमा आउने विदेशीहरुमध्ये ठूलो संख्यामा कोरियन नागरिकहरु अवैध गतिविधिका लागि आउने गरेको खुलेको छ । कतिपय अपराध गरेर नेपालमा लुक्न आउँछन् भने कतिपय अपराध गर्नका लागि आउँछन् । 
नेपालको पर्यटक भिसाको नीति सहज हुँदा धेरैले नेपाललाई खेलमैदानका रुपमा प्रयोग गर्दै आएका छन् । 
पछिल्लो वर्ष कोरियन नागरिकहरुको अवैध गतिविधि नेपालमा बढेको छ । व्यापार भिसाा लिएर धर्मको व्यापार गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । 
केही कोरियनहरुले भने काठमाडौंमा डाँछीमा बिजनेस भिसामा कम्पनी खोलेर अवैध गतिविधि गर्दै आएका छन् । नक्कली कपाल बनाउने भनेर कम्पनी खोलिए पनि त्यहाँभित्र अवैध धन्दा हुने गरेको स्रोत बताउँछ । 
हाइटेक नेपाल र मल्टिनेशन कोरियन कम्पनी भनेर त्यहाँ कार्यालय स्थापना गरिएको छ । कम्पनी स्रोतका अनुसार त्यहाँ नक्कली होइन, सक्कली कपालकै अवैध कारोबार हुने गरेको छ । 
सक्कली कपालको कारोबार भने मानवअंगको कारोबारजस्तै हो । जुन अवैध हुन्छ । तर, नेपाली प्रशासनलाई झुक्याएर त्यहाँ अवैध कारोबार हुने गरेको छ । 
हाल होङ इन पियो, लि सब, जाङ सुक, हिमो नाम गरेका कोरियनहरु अवैध रुपमा सो कम्पनीमा काम गर्दछन् । तर, उद्योग विभाग तथा अध्यागमन विभागले त्यहाँ हुने अवैध गतिविधिमा चासो राखेको छैन । 
हालै अध्यागमन विभागले पर्यटक अनुमन कार्यविधि ल्याएको छ । तर पनि कार्यविधि कार्यान्वायन हुने सकेको छैन । 
सुन तस्करीमा संलग्न प्रहरी र व्यापारीलाई पक्राउ गरेर चर्चामा आएका सहसचिव इश्वरराज पौडेल अध्यागमन विभागको महानिर्देशक बनेका छन् । उनले नेपालमा हुने विदेशीहरुको अवैध गतिविधिहरु रोक्न सक्छन् कि सक्दैनन् हेर्न बाँकी छ । 

Related News