
नारायणगढ–मुग्लिन सडकमा चार महिना अवरोध

रत्ननगर (चितवन), १० पुस । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइए पनि पर्यटक बस भने नरोकिने भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेको र कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत आग्रह गरे । चितवनका पर्यटन व्यवसायीले बिहान ११ देखि ३ बजेसम्मको मुख्य समयमा उक्त सडक बन्द हुँदा चितवन आउने पर्यटक अन्यत्र गएकाले यो समयमा पर्यटक बसलाई नरोक्न स्थानीय प्रशासनलाई आग्रह गरेका थिए ।
पर्यटन व्यवसायी सुमन घिमिरेले सडक रोकिँदा हात्ती महोत्सवसमेत आएकाले यहाँ ठूलो समस्या परेको बताए । चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरीको निगरानीमा हरियो प्लेटका पर्यटक बसलाई पठाउन थालिएको बताए । सडक साँघुरो भएर निर्माणमा असर परेकाले बन्द गरेरै सडक निर्माण गर्नुपर्ने अवस्था आएको जनाउँदै बन्द गरेरै काम थालिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । यो अवरोध कम्तीमा पनि चार महिना जारी रहने उनले बताए ।
यही पुस ७ गतेदेखि बिहान ११ देखि अपराह्न ३ बजेसम्म सडक बन्द गरेर काम थालिएको छ । यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले सूचनामार्फत चालकलाई आग्रह गरेको छ । रासस
खेलView More..
भर्खरैView More..
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी अपराधमा पक्राउ
चौतारीले एक दिने अदालती रिपोर्टिङ तालिम सञ्चालन गर्ने
'देशकै मुहार फेर्ने नीति तथा योजनाको तयारीमा वाम गठबन्धन सरकार’
गीतकार अधिकारीको ‘देउरालीको फूल’
सयौ घरमा डेंगु पोजेटिभ भेटिएपछि सर्तकता अपनाउन आग्रह