न्यूरोडमा नेशनल लाइफ इन्स्योरेन्सको शाखा विस्तार

दृष्टि न्यूज

काठमाडौं, २६ माघ । नेशनल लाइफ इन्स्योरेन्सले काठमाडौंको न्यूरोडमा शाखा विस्तार गरेको छ । नयाँ शाखाको बुधबार उदघाटन बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले गरेका थिए । शाखा उद्घाटन कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा न्यूरोड क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पु¥याउने प्रयोजनको लागि नयाँ शाखा खोलिएको बताइन् । 
कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र चालु वर्षको पहिलो ६ महिनामा २ अर्ब ४३ करोड रुपैयाँ बराबर प्रिमियम आर्जन भएको भन्दै उनले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१– ८० को उच्चतम बोनस दर कायम गर्न सफल रहेको उनले जानकारी दिइन् । 
कार्यक्रममा बीमा समितिको अध्यक्ष चापागाईँले समग्रमा हेर्दा कम्पनीको  लगानी र जीवन बीमा कोषको स्थिति राम्रो रहेको र कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पूजी २ अर्ब रुपैयाँ पुग्ने बताए । चापागाईँले यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो)बारे सुधार गर्नु पर्ने स्थिति रहेको र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसँग तालिम दिन आवश्यक रहेको बताएका छन् ।  

Related News