​कुमार कान्छाले गाएको स्वदेश गीतको भिडियो

भिजुअल हेर्न यहाँ क्लिक गर्नुहोस् ।

काठमाडौं, १५ वैशाख । रञ्जित गजमेरको संगीत र कुमार कान्छाको स्वरमा सजिएको गीतकार डीआरको ‘मेरो देश नेपाल स्वर्गसरि छ’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । आठ वर्षअघि मुम्बईमा रेकर्ड भएको गीतको भिडियो डीआर म्युजिक सेन्टरले हालै युट्युबमार्फत दर्शकमाझ ल्याएको हो । 

गीतकार डीआरले आफ्नो गीति एल्बम ‘भूल’मा समावेश गीतको भिडियो हालै बनाएको जानकारी गराए । “राष्ट्रिय भावनाले ओतप्रोत यो गीतमार्फत गायक कुमार कान्छालाई जीवन्त बनाउने जमर्को गरेको भन्दै प्रतिक्रिया आउन थालेको छ”, उनले भने । गायक कान्छाको निधन भइसकेको छ । वीरेन्द्र भाट विपिनले निर्देशन गरेको भिडियोमा कृष्ण भट्टराई, हेमा ढुंगेलसहित गीतकारले पनि अभिनय गरेका छन् ।

 

Related News