​सातौं राष्ट्रिय खेलकुद सकियो, आठौं मध्यपश्चिममा

काठमाडौं, १६ पुस । आठौं राष्ट्रिय खेलकुद दुई वर्षपछि मध्यपश्चिमाञ्चल क्षेत्रमा आयोजना हुने भएको छ । सातौं राष्ट्रिय खेलकुदको शुक्रबार धरानमा आयोजित समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद समितिका अध्यक्ष भिम ओलीलाई आठौं खेलकुदको झन्डा हस्तान्तरण गरे । यही पुस ८ गते विराटनगरमा उद्घाटन भएको सातौं राष्ट्रिय खेलकुद शुक्रबार धरानमा औपचारिक रूपमा समापन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

सातौंको पदक तालिका :
क्र.सं.    टिम      स्वर्ण    रजत    कांस्य    जम्मा
१.    नेपाल आर्मी    ११३    ६४    ४८    २२५
२.    एपीएफ    ५०    ४८    ५८    १५६
३.    नेपाल प्रहरी    ४०    ३८    ४१    ११९
४.    मध्यमाञ्चल    ३३    ५१    ५७    १४१
५.    मध्यपश्चिमाञ्चल    ९    १५    ४३    ६७
६.    पश्चिमाञ्चल    ८    २१    ३८    ६७
७.    पूर्वाञ्चल    ६    १६    ४९    ७१
८.    सुदूरपश्चिमाञ्चल    ४    ११    ५९    ७४
    जम्मा    २६३    २६४    ३९३    ९२०

Related News