​बच्चासहित सुत्केरी महिला भेटिइन्

दृष्टि न्यूज

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा बच्चासहित एक सुत्केरी महिला भेटिएकी छन् । उनलाई उपचारका लागि काठमाडांै पठाइएको छ । मानसिक सन्तुलन गुमाएकी ती महिलालाई आवश्यक उपचारका लागि काठमाडौँ पठाइएको हो ।
बच्चा जन्माइरहेकोे, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी ती महिलालाई उद्धार गरी बच्चा र आमाको जिल्ला अस्पतालमा उपचार गरिएको थियो । अस्पतालमा बच्चा र आमा दुवैको उपचार भएकोमा बच्चाको अवस्था राम्रो रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. अनन्तकुमार शर्माले बताएका छन् । 
रामग्राम नगरपालिकाले उपचार खर्चको व्यवस्थापनमा  गरीसुत्केरीको मानसिक अवस्था राम्रो नभएकाले रामग्राम नगरपालिकाको सहयोगमा कोसिस नेपाल नामक संस्थाले उपचारका लागि काठमाडौंं लगेको नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ताले जानकारी गराए । 
बच्चालाई भने अस्पतालमै राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीले बच्चाको रेखदेख गर्दै आएको स्वास्थ्य अवस्था राम्रो रहेको डा. शर्माले बताए ।

Related News