​नयाँ शक्तिका कर्णाली प्रदेश संयोजकद्वारा पार्टी परित्याग

दृष्टि न्यूज

काठमाडौं । 
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति नेपाल पार्टीका कर्णाली प्रदेश संयोजकले पार्टी परित्याग गरेका छन् । 
सामाजिक सञ्जालबाट राजीनामा बुझाउँदै नयाँ शक्ति नेपालका कर्णाली प्रदेश संयोजक तथा केन्द्रीय परिषद सदस्य दीपक बुढाले पार्टीको आर्थिक नीतिप्रति गम्भिर असन्तुष्टि जनाउँदै सधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । 
बुढाले राजीनामापत्रमा  भनेका छन्, ‘नयाँ खोल ओढेका तथा पुरानै सोच भएकाहरुबाट नेपालमा समाजवादी अभियान सार्थक हुने अपेक्षा पूरा नहुने देखेपछि पद ओगटेर बस्नुभन्दा भावी जीवन नेपालमा समाजवादी आन्दोलन नयाँ ढंगले व्यवस्थित गर्नको लागि आजैका दिनदेखि नयाँशक्ति नेपालको सधारण सदस्य समेत नहरने गरी आफ्नो पदबाट राजीनामा दिएको व्यहोरो जानकारी गराइन्छ ।’
हेर्नुस् बक्तव्य

Related News