​एनबी बैंकको शाखा बिस्तार

काठमाडौं, पुस २३ ।  नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा पाँचथर जिल्लाको फिदिममा आफ्नो ३९ औं शाखा संचालनमा ल्याएको छ । शाखाको औपचारिक समुद्घाटन बैंकका संचालक मुकुन्द नाथ ढुङ्गेल र पाँचथर जिल्लाका सिडिओ किरण थापाले संयूक्त रुपमा गरे ।
कार्यक्रममा बैंकको एटिएमको उद्घाटन फिदिम उद्योग वाणिज्य महासंघका अध्यक्ष मित्र प्रसाद काफ्ले तथा पाँचथर जिल्लाका सिडिओ किरण थापाले संयूक्त रुपमा गरे ।
बैंकले फिदिम शाखा सहित ३९ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग  सेवा तथा ३७ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
बैंकले आ.व. २०७३/०७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब, कुल कर्जा ३४.२७ अर्ब रहेको जनाएको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.२२.५० करोड रहेको छ ।

Related News