​बैंकर्स संघको साधरणसभा आज, तीन सिइओको उम्मेदवारी

दृष्टि न्यूज

काठमाडौं, २० मंसिर । 
 नेपाल बैंकर्स संघको साधरणसभा आज बस्दै छ  । संघको कार्य समिति सदस्यका लागि तीन जनाको सिइओले उम्मेदवारी दिएका छन् । 
रिक्त तीनमा ग्लोबल आइएमइ बैंकका जनक शर्मा पौडेल, माछापुछ्रे बैंकका सुमन शर्मा र सिभिल बैंकका गोबिन्दप्रसाद गुरुङले उमेद्वारी प्रस्तुत गरेका छन्। 

बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हटेलगत्तै संघको पद पनि खाली हुन्छ। जसअनुसार सुदेश खालिङ लक्ष्मी बैंकबाट बाहिरिएपछि संघमा एक पद खाली भएको थियो। यस्तो पहिलेदेखि नै रिक्त रहेको दुई पदमा अन्तरिम कार्यभार सम्हाल्ने गरी पर्शुराम कुँवर क्षेत्री र रत्नराज बज्रचार्यलाई जिम्मेवारी दिइएको थियो। 
मंसिर २६ गतेबाट कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाको पद पनि खारेज हुँदैछ। उनको बैंकका चार बर्षे कार्यकाल पुरा हुँदैछ। तर साधारणसभासम्म उनी पदमै रहने भएकाले उनको ठाउँमा अहिले नै नयाँ सदस्य चयन गरिँदैन। उनी हटेपछि कार्यसमितिले अन्तरकालिन कार्यका लागि सदस्य चयन गर्ने छ। 

संघले आज एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठलाई सम्मान गर्ने भएको छ। लामो समयदेखि बैंकिङ क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै श्रेष्ठलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 

Related News