कांग्रेस उम्मेदवारका छोरा नै गुण्डागर्दीमा

काठमाडौं, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजीत हुने भएपछि नेपाली कांग्रेस राज्यशक्तिको दुरुपयोग गरेर बुथकब्जा गर्न तम्सिएको छ । र, राज्यसत्ता कांग्रेसको सती जान तयार नभएपछि गुण्डागर्दी गर्दै मतदानस्थलमा गइरहेका मतदातालाई तर्साउने, धम्की दिने र मतदाता परिचयपत्र खोस्नतिर लागेको छ । भक्तपुरको बालकोट ३ बुथ केन्द्रमा कांग्रेसका गुण्डाहरुले मतदाताहरुलाई मतदानस्थलमा जानबाट रोकेपछि झडप भएको छ । झडपमा एमाले निकट युवासंघ नेपालका रोशन बस्नेत गम्भीर घाइते भएका छन् । 
यसैगरी काठमाडौं ९ नम्बरका उम्मेदवार ध्यानगोविन्द रन्जितका छोरा नै गुण्डागर्दीमा उत्रिएका छन् । रन्जितका छोरा युरेक रन्जितले भोट हाल्ने विषयमा विवाद निकालेर एमाले नेता तथा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमाथि आक्रमण गर्न खोजेका छन् । मेयर शाक्यमाथि आक्रमण प्रयास गर्ने रञ्जितलाई प्रहरीले अश्रुग्याँस प्रहार गरी भगाउन सफल भएको छ ।
चुनाव हार्ने निश्चित भएपछि युरेक आक्रमणमा उत्रिएको आरोप एमालेले लगाएको छ । 

Related News