एनसेल सर्बौत्कृष्ट बिज्ञापन करदाताबाट सम्मानित

काठमाडौं, २७ पुस । देशकै अग्रणी जिएसएम मोबाईल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाले एनसेललाई सम्मान स्वरुप कदर पत्र प्रदान गरेको हो । 
काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा सो सम्मान गरिएको हो । कार्यक्रममासंघीय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डेले एनसेलका सुरक्षानिर्देशक महेन्द्र भट्टचनलाई सम्मानस्वरुप सो कदर पत्र हस्तान्तरण गरेका थिए ।
कदर पत्रमा काठमाडौं महानगरपालिका कार्यलयलाई आर्थिक वर्ष २०७२/२०७३ मा विज्ञापन करतर्फ सबैभन्दा बढि भुक्तानी गरी महानगर निर्माणमा अतुलनिय योगदान गरे बापत सम्मान गरिएको जनाइएको छ । महानगरपालिका कार्यलयका अनुसार, गतआर्थिक वर्ष २०७२/२०७३ मा कार्यलयले ४ करोड १७ लाख विज्ञापन कर संकलन गरेको थियो । 
कुल संकलित विज्ञापन करको १ तिहाई योगदान एनसेलले गरेको थियो । निजी क्षेत्रको पहिलो मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मान पाईसकेको छ ।
 नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १ करोड ४३ लाख नेपालीले एनसेलको सेवा लिएका छन् ।

Related News