सभापतिका लागि शीर्ष नेताहरूको दौडधुप सुरु, ३० भन्दा बढी आँकाक्षी

दृष्टि न्यूज

काठमाडौँ । प्रतिनिधिसभाका १० वटा विषयगत समितिमध्ये ३० जनाभन्दा बढी आँकाक्षीहरु  देखिएका छ । १० वटा समितिमा नेकपाको भागमा ८ वटा समिति रहनेछन् भने कांग्रेस र फोरमले १–१ जना सभापति पाउने भएका छन् ।
प्रतिनिधिसभा समितिमा बस्ने संसदहरुको नाम सिफारिस भएसँगै  सभापतिका लागि शीर्ष नेताहरूको दौडधुप सुरु भएको छ । प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका चारका साथै संयुक्त दुई समितिको सभापति रहने छन् ।  सबै समितिमा नेकपाको बहुमत रहेकाले लेखा समितिबाहेक अन्य समितिमा सोही पार्टीका सभापति हुने सम्भावना रहेको छ । 
संसदीय सुनुवाइ विशेष समितिको सभापतिका लागी नेकपा स्थायी समिति सदस्य नेता योगेश भट्टराई  निर्वीकल्प जस्तै देखिएका छन् । कामु प्रधानन्यायाधीश दीपक राज जोशीको सुनुवाइ हुनु भन्दा अगाडी समितिका अन्य सदस्यहरू पनि आकाङ्क्षी देखिएका थिए । सुनुवाइ समितिमा आफ्नो प्रभाव जामाएसंग भट्टराई सभापति घोषणा हुन मात्र बाँकी रहेका समितिका सदस्यहरूले नै बताउन थालेका छन् ।
संसद्को महत्त्वपूर्ण मानिएको अर्थ समिति  वामदेव गौतम पत्नी तुलसी थापा नेकपा स्थायी समिति सदस्य धन श्याम भुसाल , ओलीका प्रिय पात्र महेश बस्नेत  र पूर्व अर्थ मन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे अर्थ समितिको सभापतिका आकाङ्क्षीका देखिएका छन् । यी मध्ये भुसाल प्रतिनिधिसभाको अर्थ समितिको सभापतिको बलियो दाबेदारका रूपमा उभिएका छन् । 
अन्तर्रा्ष्ट्रिय सम्बन्ध समिति सभापतिमा अग्नि सापकोटा , सुरेन्द्र कार्की वा दीपक प्रकाश भट्ट मध्ये एक जना हुने देखिएको छ । अन्तर्रा्ष्ट्रिय सम्बन्धका बारेमा विशेष दखल राख्ने भट्ट हुन भने उनी भन्दा माथिल्लो स्तरका पार्टी नेताहरू रहेका कारण अग्नि सापकोटा र सुरेन्द्र कार्की मध्ये एकले पाउने नेकपा स्रोतको दाबी रहेको छ ।
कानुन न्याय तथा मानवअधिकार समितिमा कृष्णभक्त पोखरेल सभापति बन्ने लगभग निश्चित भएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा  जय पुरी घर्ती, देवेन्द्र पौडेल , मुकुन्द न्यौपाने , रामविर मानन्धर, विन्दा पाण्डे आकाङ्क्षी रहेका छन् । प्रतिनिधिसभाका संसदीय समितिमध्ये कम्तीमा तीन महिलाले सभापति पाउने व्यवस्था भए सँग जय पुरी घर्ती र विन्दा पाण्डेको सम्भावना रहे तापनि काठमाडौँ बाट लगातार २ पटा संसद् जितेका रामविर मानन्धर बलिया दाबेदार रहेका छन् । मन्त्रीको आकाङ्क्षी रहेका उनीलाई नेताहरूले सभापतिको आस्वास्न दिएको बुझिएको छ ।
कृषि सहकारी तथा प्राकृतिक प्रकोप समितिमा घनश्याम खतिवडा हरिबोल गजुरेल, भवानी खापुङ, राधा ज्ञावाली सम्भावित सभापति रहेका छन् । यी मध्ये गजुरेल र राधा ज्ञावाली सम्भावित सभापति रहेको बुझिएको छ । गजुरेल पार्टी स्थायी समिति सदस्य र पूर्व मन्त्री समेत हुन भने ज्ञावाली ऊर्जा मन्त्री हुँदा अख्तियारले चिठी काटे पछि सुशील कोइराला नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री पद छोड्न मध्य भएकी नेतृ हुन ।
राज्य व्यवस्था समितिको सभापतिमा अहिलेसम्म नेकपा ले पम्फा भुसाल, कृष्ण गोपाल श्रेष्ठ, जर्नादन शर्मा नाम सभापतिको चर्चामा छ । जर्नादन यो समितिको सभापति बन्न तयार भएमा उनी हुने नभएमा मात्र अन्यको नाम आउने सम्भावना रहेको छ । जर्नादन सभापति बन्न तयार नभएको खण्डमा पम्फा भुसाल, कृष्ण गोपाल श्रेष्ठको सम्भावना रहेको छ ।
विकास तथा प्रविधि समितिको सभापतिमा यज्ञराज सुनुवार र गणेश पहाडीको नाम चर्चामा आएको छ । त्यस्तै, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा पूर्ण कुमारी सुवेदी र कृष्णप्रसाद दाहालले दाबी गरेका छन् । शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा खगराज अधिकारी र हितबहादुर तामाङको चर्चा छ । लेखा समितिमा नेपाली काङग्रेसबाट मिनेन्द्र रिजाल र मिना सुब्बा मध्ये एक जना सभापती हुने बुझिएको छ ।
त्यस्तै राष्ट्रिय सभाका समितिका सभापतिमा दिगो विकास तथा सुशासन समिति नेकपाका नेता दानानाथ शर्मा बन्ने छन् । विधायन व्यवस्थापन समितिको सभापति नेकपा कै परशु राम मेघी गुरुङ सभापति बन्ने छन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको सभापतिमा  रामनारायण विडारी र सुमनराज प्याकुरेल मध्ये एक जना बन्ने बुझिएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दल कुमारी रावल थापा (पार्वती)लाई बनाउने नेकपा तयारी रहेको छ ।

Related News