​एनटीसीले पनि अब ब्यालेन्स सापटि दिने

काठमाडौं, २५ पुस । नेपाल टेलिकमले अब प्रिपेड ग्राहकलाई ब्यालेन्स सकिँदा सापटी लिन सक्ने  नयाँ सेवा सुरु गर्ने तयारी गरेको छ । यो सेवा सुचारु गर्न टेलिकमलको प्राविधिक तयारी अन्तिम चरणमा पुगेको टेलिकमले जनाएको छ ।
टेलिकमको प्रतिस्पर्धी सेवा प्रदायक संस्था एनसेलले यसअघि नै सापटी सेवा सुरु गरिसकेको छ । त्यसैलाई पछ्याउँदै टेकिलमले पनि ब्यालेन्स ‘पैँचो’ लिने सेवा सुरु गर्न लागेको हो ।
टेलिकमका यो सेवा सुचारु गर्दा कति रकमसम्म सापटी दिन्छ भन्ने टुंगो लाग्न नसकेको बताईएको छ ।

Related News